खेम चौधरीको म्युजिक भिडियोमा मुकुन्द, वीर र अञ्जुले गरे मस्ती–मस्ती(भिडियो सहित)

Tuesday, 24 September 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,
राम अवतार चौधरी,,
कपिलवस्तु:= चर्चित गायक खेम चौधरीको सुमधुर स्वरमा रहेको मस्ती मस्ती नामक म्यूजिक भिडियो आइतबार सार्वजनिक भएको छ । 
सो म्यूजिक भिडियो थारु भाषामा रहेको छ भने सार्वजनिक खेम चौधरी नामक यूटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।  

सावन मर्चाहको शब्द संगितमा रहेको म्युजिक भिडियोमा मुकुन्द जि.सी, वीर चौधरी र अञ्जु कुस्मीको अभिनय रहेको छ । सुधाराम दहित डाइरेक्टरमा रहेका छन् भने क्यमरा मेन महेश कुमार रहेका छन् । त्यस्तै मेकअपमा आशा चौधरी रहेकी छन् । नेपालकै रमणीय स्थानहरुमा छायाँकन गरिएको निर्माता पक्षले दावी गरेका छन् । साथै श्रोताहरुले निकै रुचाइदिने कलाकारले आशा समेत गरेको बताईएको छ । 

यस मस्ती मस्ती म्युजिक भन्दा पूर्व गायक खेम चौधरी भने दर्जनौँ गीत निकालि सकेका छन् । यस्तै मुकुन्द जि.सी भने जान तोहार नाउँमा चर्चामा आएका हुन् भने वीर चौधरी थारु गीत संगीतका अग्रा पंक्तीमा रहेका दर्जनौँ थारु म्युजिक भिडियो देख्न सकिन्छ र साथै अञ्जु कुस्मीले भने फूलकुमारी गीतबाट भने झनै चर्चा परिचर्चाको बिषय बनेकी हुन् तर यस अघि पनि उनी थुप्रै म्यूजिक भिडियोमा समेत निकै चर्चा कमाई सकेका छन् ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu