हमार सनेश सहकर्मी ,,
नवलपरासी := बहुप्रतिभासाली ललपुरिया गायक केशब राज महतोको शब्द र सङ्गितमा सजिएको "जवास लगसइ घुमे तोर साङ्हे " चौधरी,थारु भासाकै न्युन संख्यामा बन्ने एउटा क्लासिकल धारमा बनाइएको गित हो।शब्द अत्यन्तै मिलेको,सङ्गितमा पर्याप्त साधना पुगेको र गायनमा पनि प्रख्यात गायिका अन्नु चौधरी सङ्गको जुगलबन्दिले अलग्गै मिठास थपिएको छ यस् गितमा।
अनेक भाषाले भरिएको सुन्दर देश हो नेपाल, जसमध्य पुर्ब मेची देखी पस्चिम महाकाली सम्म तराइ भेगमा अत्यधिक बोलिने भाषा हो 'थारु' भाषा ।थारु भाषा संरक्षण,बिकास र प्रबर्द्धनको सोचका साथ थारु सङ्गित लाइ अर्को स्तरको उचाइ दिन चौधरी म्युजिक इन्डस्ट्रीको इतिहासमै पहिलो पटक यो गितलाई मुस्ताङको कोबाङ,मार्फाको स्याउबारी,जोमसोमको गुम्बा ताल ,कागबेनी,मुक्तिनाथ,सिद्धबाबा र बुटवल फुलबारी गरि विभिन्न रमणीय ठाउँहरुमा ६ दिन लगाइ छायांकन गरिएको छ।
यस म्युजिक भिडियोमा पहिलो पटक गायक महतोले हमार म्युजिक बगिया सङ्ग सहकार्य गर्दै सुपरहिट जोडि बिर चौधरी,अलिसा चौधरी र सुन्दरी मोडल एन्जिला धिताल सङ्ग काम गरेका छन। यो प्रोजेक्ट आफैमा एउटा ठुलो चुनौती थियो तराइ देखी हिमाल सम्मको यात्रा अनि भौगोलिक बिकटता र प्रतिकुल बाताबरण तर पनि जवास लगसइ ....को टिम ले सफलता पुर्बक यस गितको छायांकन गरि यो सुन्दर म्युजिक भिडियो सार्बजनिक गरेका छन।सुपरस्टार जोडि मोडल बिर चौधरी ,अलिशा चौधरी को अभिनय बेजोड छ भने सुन्दरी मोडल एन्जिला धितालले अनस्कृन बिर सङ्ग मनमोहक रोमान्स प्रस्तुत गरेकी छिन। म्युजिक भिडियोको निर्देश हिरा चौधरीले गरेको छ भने क्यामराको काम पनि पति राम थनैतले निकै प्रफेशनल तरिकाले गरेका छन।त्यसै गरि सम्पादन मा सुरेश चौधरी ले निकै मेहनत गर्नुभयको छ भने VFX मा सानै उमेर का डिल बहादुर थनैतले आफ्नो उत्कृस्टता प्रस्तुत गर्नुभएको छ।
पोस्ट प्रोडक्सन ND STUDIO(The story maker) ले गरेको छ भने अफिसियल युट्युब च्यानल (हमार म्युजिक बगिया) रहेको छ। मुस्ताङ्ग को सुटिङ्ग थोरै आसु र धेरै हासोको सङ्गम भएको सम्पुर्ण जवास लगसइ...सदस्यहरुले बताउनुभयो। यो गितले इतिहास रच्न सक्ने निर्माण पक्ष तथा अग्रज कलाकारहरुको अनुमान रहेको छ। यस सफलता को पछाडी धेरै जना को योगदान छ। आर्थिक सहयोगमा निता चौधरी,अनुराग,महतो,फन्स नारायन थनैत,बिरेन्द्र बिर बिक्रम राना शाह,झडी बहादुर महतो र पिताम्बर महतोको रहेको छ।
तलको फोटोमा क्लिक गरि भिडियो हेर्नुहोस् :-
Home
Culture
News
Photos
Videos
गायक केशब राज महतोको शब्द,संगितमा सजिएको जवास लगसइ घुमे तोर साङ्हेको भिडियो युट्युबमा सार्वजनिक

