थारु महिला सभा सुनसरीले थारुहरुको माग मुद्दा प्रति सरकारलाइ ध्यानाकर्षण गराउदै भाकल स्वरुप जितिया पर्व मनाए

Monday, 1 October 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
कुलदिप चौधरी ,,
सुनसरी:=संस्कार   संस्कृति जगेर्नाका निम्ति थारु महिला सभा ( थामस ) सुनसरीले आज इटहरि सुन्दर नगरिमा जितिया कार्यक्रम भाकल स्वरुप  सप्पन्न गरेको छ । २०७२को नयाँ सम्बिधानले थारुहरुको माग मुद्दा लाई पुर्ण रुपले समेटन न सकेको हुदा, पुर्न संशोधन गरि थारु माग मुद्दालाई समेटनका निम्ति सरकार सङ्ग माग गर्दै जितिया पर्वको मंच बाट आहवान गरेको सभाकी अध्यक्ष शुशिला लेखिले जानकारी गराउनु भयो।

 थारु महिलाहरुको महान पर्व जितियाको पावन अवसरमा मंचमा आसिन राष्ट्रिय र सरकारमा रहनु भएका महत्त्वपूर्ण व्याकतित्वाहरुको माझमा थारु हक अधिकारका कुराहरु रास्ट्रलेवलमा पुर्याउनका निम्ति थारु महिलाहारु आन्दोलन्को रुपमा यो जितिया पर्व मनाएको आयोजकले जानकारी बताउनु भयो।


संस्कार संस्कृति संरक्षण र समबर्धन का निम्ति थामसले इटहरि नगरिमा गाउँ गाउँ टाेल टोल बाट झाकी रयाली मगाइ थारु भेष भुसामा पर्दर्शन गरेका थिए । यसैगरी थारु कानुनी व्यवासायी सभाका केन्द्रिय अध्यक्ष राम राज चौधरीले थारु समुदायमा जितियाको महत्वोपुर्ण स्थान रहेको हुदा २०७५ सालको जितिया पर्व पनि हर्ष उल्लासको साथ पति, बालबच्चा तथा घर परिवारको दिर्घायु सु स्वासथाको कामना गर्दै ओझेलमा रहेका  थारु माग मुदाहरु जस्तै  : टिकापुरकाे घटनाकाे छानविन , रेशम चौधरीको रिहाइ,थारु चाड पर्व जितिया, समा चकेवा, फगुवा, अटवारिमा सार्वजनिक बिदा हुनु पर्ने,राज्यले थरुहट प्रतिष्ठ ानको स्थापना गरि  थारु समुदायको सर्वाङ्गिन पछमा बिकास हुनु पर्ने जोडको साथ पहिचान र अधिकारको सवाललाई आन्दोलनको रुपमा  यो जितिया पर्व मनाएको जिकिर गरेको छ ।  

भुपु उप प्रधानमन्त्री तथा गृहमन्त्री माननीय बिजय कुमार गच्छदारको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको थियोे । कार्यक्रममा थारु पत्रकार संघ नेपाल, थाकसका प्रतिनिधि , थामसका नगर र गाउँ समितिहरुको उपस्थिति रहनुका साथै सरोकारवालाहरुको उपस्थित रहेको थियोे ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu