टीकापुर घटना साक्षी वकपत्रको कार्य सकियो, चाडै किनारा लाग्छ : अधिवक्ता केसी

Monday, 1 October 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी ,,
धनगढी:= टीकापुर घटनाको साक्षी वकपत्रको कार्य सकिएको छ ।
तीन वर्ष पछि टीकापुर घटना मुद्धाअन्तर्गत जिल्ला अदालत कैलाली वादी र प्रतिवादी पक्षका साक्षी बुझी बकपत्र गराउँने कार्य आज आईतबार सकिएको हो । बादी तर्फका वकालत गरिरहेका अधिवक्ता गजेन्द्र केसीले साक्षी वकपत्रको कार्य सकिएको जनाए । साक्षी वकपत्र सकेपछि मुद्धा तुरुन्तै पेशीमा जाने बताए । तर सक्कल मेसिल उच्च अदालत काठमाडौं पठाइएकोले पेशीको लागि अलि गाह्रो भईरहेको उनले जानकारी दिए ।

जिल्ला अदालत कैलालीले भदौं २४ गतेदेखि नियमित साक्षी वकपत्रकोलागि उपस्थित गराइरहेको थियो ।
वकपत्रमा वादी पक्षका ३५ र प्रतिवादी पक्षका ५० जना गरी ८५ जना साक्षी अदालतमा उपस्थित भएका थिए । टीकापुर घटनाको मुद्धा प्रक्रियामा गइएसकेकोले अब छिट्टै किनारा लाग्ने सम्भावना रहेको अधिवक्ता केसीको भनाई छ ।
२०७२ भदौ ७ गते भएको टीकापुर घटनाको अभियोगमा पुर्पक्षको लागि कारागार चलान गरिएका अभियुक्तलाई जिल्ला अदालत कैलालीले भाद्र २४ गतेदेखि साक्षी वकपत्रको लागि उपस्थित गराइरहेको छ।

घटनाको अभियोगमा ’सांसद’ रेशमलाल चौधरीसहित २६ जना पुर्पक्षका लागि कारागार चलान गरिएका छन् ।
थरुहटरथारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा आन्दोलनकारी र प्रहरीबीच भएको दोहोरो झडप हुँदा एक नाबालकसहित ८ प्रहरीको ज्यान गएको थियो ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu