कपिलवस्तुकाे बुद्धभुमीमा थारु साँस्कृतिक कार्यक्रम हुने

Sunday, 21 October 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

राम अवतार चाैधरी
कपिलवस्तु:= हिन्दुहरूकाे महान पर्व विजय दशमीकाे पावन अवसरमा थारु परम्परागत नृत्य तथा बृहत् साँस्कृतिक कार्यक्रम बुद्धभुमी क्याम्पस चाैवन्नपुरमा हुने भएकाे छ ।

     गत असाेज ३०, ३१ हुने भनिएकाे कार्यक्रम विभिन्न कारणवस कात्तिक ७ गतेकाे लागि सारिएको र अहिले भने साे काे तयारी पूरा भएकाे साँस्कृतिक कार्यक्रम एक दिनेकाे लागि अायाेजना गरिएको अायाेजक कमिटीले बताएको हाे ।

     "हम्मन संस्कृति हम्मनके सान, संस्कृति प्रति सचेतना जगैना युवा अभियान" भन्ने मुल नारा सँगै थारु कला संस्कृति लाेप हुन लागे चिन्ता व्यक्त गर्दै थारु अगुवाहरूले संरक्षण गर्नुपर्नेमा जाेड दिनुपर्ने र सम्पूर्ण थारुहरू एक्यवद्ध भएर अघि बढनुपर्ने उद्देश्यका साथ साे कार्यक्रम अायाेजना गरिएको कार्यक्रम संयोजक जलेश्वर प्रसाद थारुले बताउनुभयो ।

     उक्त कार्यक्रम थारु उत्थान सामाजिक संस्था र सिद्धार्थ सामुदायिक वन उपभोक्त समूह बुद्धभुमि-९, बकुलीपुर कपिलवस्तुकाे संयुक्त अायाेजनामा साँस्कृतिक कार्यक्रम हुन लागेकाे अायाेजक मुल कमिटीले बताएकाे छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu