निर्मलाको हत्यारालाई समातेर देखाए आईजीपीलाई रथमा राखेर चक्रपथ परिक्रमा गराउँछौ:-अध्यक्ष तामाङ

Friday, 5 October 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
काठमाडौं := :=अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले आफूहरुले विल्कुलै निर्मलाको न्यायको निम्ति हिजो गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको स्पष्ट पारे ।शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले जघन्य अपराधमा संलग्न जो कोहीलाई कडाभन्दा कडा कानूनी कारवाहीको दायरामा ल्याउनुपर्ने बताए ।
उनले भने,‘निर्मलाको न्यायको निम्ति हिजो हामीले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छौं । घट्ना संलग्न अपराधीहरुलाई पक्राउन गर्न नसकेको अवस्था छ, अहिले पीडित परिवारलाई न्याय दिलाउनु राज्यको सर्वथा दायित्व हो । देश र जनताको मुख्य चासो छ ।’
अहिलेसम्म प्रहरीले अपराधीलाई फेला पार्न नसकेको सुनाउँदै तामाङले भने,‘निर्मला बलात्कार हत्या काण्ड आज, एउटा यस्तो विकराल भयो । यो हत्याकाण्ड नै होईन की जस्तो, बलात्कार नै भएन की जस्तो, यस्तो प्रकारको एउटा अन्यौलपूर्ण अवस्था पैदा भयो । यसको जवाफ कसले दिने ? प्रहरी प्रवक्ताले नै हिजो स्विकार गर्नुभएको छ, प्रहरीहरुलई नै कारवाही गरिएको छ।निलम्बन गरिएको छ । त्यसको नैतिक जिम्मेवारी कसले लिने भनेर हामीले प्रश्न उठाएको हो । प्रहरी संरचनाको कुरा गर्दा प्रमुखको नै नैतिक जिम्मेवारी हुन्छ । हामीले कसैको व्यक्तिगत आधारमा, कसैको नियतमाथि व्यक्तिगत आक्षेप लगाउन खोजिएको होईन । हामीमाथिपनि आज प्रश्न उठाईएको छ । हामी कहिल्यैपनि हामीसँग जोडिएका अपराधीहरुलाई छुटाउन गएका छौं भने हामी सार्वजनिक पदबाट राजिनामा दिन तयार छौं ।’
आफूहरुले विल्कुल रुपमा निर्मलाको न्यायको निम्तिमात्रै यो कुरा उठाएको उनले सुनाए । त्यस्तै तामाङले बजारमा देखिएका सबैखाले एकाधिकार, मुल्यवृद्धिलाई नियन्त्रण गर्नुपर्ने पनि धारणा राखे । उनले भने,‘हामी सरोकारवालाहरुसँग परामर्श नै नगरीकन १० प्रतिशत भाडा वृद्धि गर्यो । हामीसँग भएको सहमति अनुसार लामो तथा छोटो दुरीमा ४५ प्रतिशत भाडा छुट हुनुपर्छ ।’
आफूहरुले प्रहरी प्रशासनको मनोबल गिराउनको लागि आईजीपीको राजिनामा माग नगरेको समेत उनले स्पष्ट पारे । उनले भने,‘अपराधीलाई कारबाही गरेर देखाए हामी आईजीपीलाई रथमा हालेर पूरै चक्रपथ परिक्रमा गराउन आँतुर छौं । आज राजिनामाको माग गर्यौं, बर्खास्तीको माग गर्यौं । भोलि हामी नै ५० किलोको माला लगेर हाम्रो आईजीपी र प्रहरीको प्रमुखलाई लगाईदिन्छौं । प्रहरी प्रशासनको शीर हिजो भएको धरहाराभन्दा उच्च होस भनेर प्रहरी प्रशासनको प्रशंसा गर्छौैं । हाम्रो रहर भनेको प्रहरीलाई रथयात्रा गराउने छ।’
आफूहरुले कुनै आग्रह वा पूर्वाग्राह राखेर प्रहरी प्रमुखको राजिनामा नमाँगेको समेत तामाङले स्पष्ट पारे । उनले भने,‘निर्मलाको न्यायको निम्ति हामीले हाम्रो दायित्व निर्वाह गरेका छौं । प्रहरी प्रशासनले आफ्नो दाियत्वबाट विमुख भएर होईन, अझ धेरै जिम्मेवारी भएर प्रहरी अपराधी पक्राउ गर्न लागिपर्नुपर्छ ।’ समाजमा घट्ने अपराधहरु न्यूनिकरण गर्न आफूहरु भोल्युनटियर गर्न तयार रहेको उनले विश्वास दिलाए |             (source :- रिपोर्ट्स क्लब)
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu