कर फिर्ताको माग गर्दै ट्याक्टर जुलुस सहित नगरपालिका घेराउ

Friday, 5 October 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

सन्तकुमार चौधरी,,
चितवन:= ढुंगा, बालुवा, ग्रावेल उत्खननमा बढाएको कर फिर्ताको माग गर्दै शुक्रवार पूर्वी चितवन ट्याक्टर व्यवसायी संघले रत्ननगर नगरपालिका घेराउ गरेका छन् । करको मूल्य अत्याधिक बढाएको भन्दै पूर्वी चितवन ट्याक्टर व्यवसायी संघ आन्दोलित बनेको छ ।  व्यवसायीहरुले ट्याक्टर सहित नगरपालिका घेराउ गरेका हुन ।

ट्याक्टर जुलुस सहित रत्ननगर नगरपालिकाको कार्यालय पुगेका व्यवसायीहरुले झण्डै तीन घण्टा सम्म नगरपालिका घेराउ गरे । कार्यालय परिसर देखि नगरपालिकाको प्रवेशद्धार सम्म ट्याक्टर तेस्राएर घेराउ गरेका हुन ।
ढुंगा, बालुवा, ग्रावेल उत्खननमा अत्याधिक कर बढाएको भन्दै पूर्वी चितवन ट्याक्टर व्यवसायी संघ तीनदिन देखि आन्दोलनमा छन् । यस अघि संघका प्रतिनिधिहरु नगरपालिकाका प्रमुखलाई भेटेर आफुहरुको समस्या र मागको बारेमा जानकारी गराएपनि करको विषय नगरपालिका गम्भिर नभएकाले ट्याक्टर सहित आन्दोलनमा उत्रिनुपरेको पूर्वी चितवन ट्याक्टर व्यवसायी संघका अध्यक्ष किरण लामाले बताउनुभयो ।

नगरपालिकाले आफुखुशी कर लिन लागेको भन्दै त्यसको विरोध गरेका छन् । कयर खोलाबाट निकालिएको ढुंगा, गिट्टी, बालुवामा लगाइएको करले उपभोक्ताहरु मारमा पर्न थालेको भन्दै तत्काल करलाई घटाउन माग गरेका हुन । उनीहरुले अन्य खोलाहरुमा लगाइएको बन्देजलाई समेत फुकुवा गर्न माग गरेका छन् । नगरपालिकाले आफ्नो प्रयोगका लागि भने जुनसुकै खोलावाट पनि ढुंगा, बालुवा, गिट्टी उत्खनन गर्न पाउने व्यवसायी र उपभोक्ताहरुका लागि भने बन्दजे गर्ने गरिएको भन्दै आक्रोष व्यक्त गरेका थिए ।

खैरहनी नगरपालिका र रत्ननगर नगरपालिका भित्र ढुंगा, बालुवा, ग्रावेल उत्खनन गरेवापत प्रति ट्याक्टर ६ सय ३५ रुपैयाँ कर तिर्दै आएका छन् । यता नगरपालिकाले भने प्रदेश सरकारले कर बृद्धि गरेको बताएको छ । प्रदेश सरकारको निर्णय बमोजिम नगरपालिकाले कर लिने गरेको बताउँदै आएको छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu