सुनिल चौधरी,,
झुम्का:= झुम्का स्वस्थ्य चौकीको प्रमुखमा देव कृष्ण बिश्वास आएका छन् । बिश्वास असोज २ गतेबाट झुम्कामा कार्यलय सम्हालेका हुन । यस भन्दा पहिले बिश्वास सिरहाको लालपुर स्वस्थ्य चौकीको प्रमुखमा कार्यरत रहेका थिए ।
स्वस्थ्य चौकीबाट उपलब्धहुने सेवाहरुलाई प्रभावकारीता बनाएर सहजता ल्याउने बिश्वासले बिचार ब्यक्त गरेका छन् । नगरवासिहरुबाट आएका गुनासाहरुलाई सुझावको रुपमा लिएर अगाडी बढ्ने बिश्वासले धारणा ब्यक्त गरे । स्वस्थय चौकीमा स्थाई ६ जना र करारमा २ जना कर्मचारीहरु रहेका छन् । निबर्तमान स्थ्य चौकी प्रमुख प्रसुराम साह भने प्रदेश स्वथ्य निर्दैश्नालय धन्कुटामा सरुवा भएका छन् । साह असोज १ गतेबाट सरुवा भएका हुन् ।
स्वस्थ्य चौकी प्रमुख बिश्वास बर्जु गाउँपालिका वडा नं. ६ दैता टोलका हुन् । बिश्वास स्वस्थ्य क्षेत्रमा २०६३ सालबाटै आबद्ध भएर कार्यरत रहेका छन् ।
