NRNA मलेसिया जोहोर समितीले शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम गर्ने

Tuesday, 9 October 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
आर एन चौधरी थारु,,
मलेसिया := गैर आवासीय नेपाली संघ (NRNA) मलेसिया जोहोर समितीले हिन्दु धर्मावलम्बीहरुको महानचाड बडा दसैं,बिजया दशमी तथा शुभ-दिपावलीको अवसर पारेर शुभकामना आदानप्रदान एवम् भब्य सम्मान कार्यक्रम २०७५ आयोजना गर्ने भएको छ।

यहि महिना अक्टोबर २१ तारिख आइतबारको दिन मलेसियाको दोस्रो ठूलो प्रान्त जोहोरबारु स्थित 
जेबिमा अवस्थित (Bagguss city hotel)बागुस सिटि होटेलको प्राङ्गणमा शुभकामना तथा सम्मान कार्यक्रम आयोजना गर्न लागेको NRNA जोहोरको अध्यक्ष रबिलाल अधिकारीले जानकारी दिनु भयो।

केही समय अगाडि देखि जोहोरमा रहेका नेपाली ब्यवसायीहरु लगायतको समाजसेवीहरुले NRNA ले गर्ने गरेको हरेक किसिमको समाजिक,पीडित उद्दार तथा सान्स्कृतिक कामकाजमा सघाउदै आइरहेको,सहकार्य गर्दै आइरहेको ब्यवसायी ,स्थानीय कलाकार लगायतको बुद्धिजीवीलाई सम्मान गर्ने कार्यक्रम पनि सोही कार्यक्रममा गर्ने अध्यक्ष अधिकारीले भन्नू भयो।

मलेसियाकाे जोहोरवारु क्षेत्रमा कुनै नेपाली कामदार लगायतको माथी समस्या परे,अप्ठ्यारो परे एन.आर.एन.ए.जोहोर समितीसँग सम्पर्क गर्न अध्यक्ष रबिलाल अधिकारीले हार्दिक अपिल समेत गरेको छ।
सो कार्यक्रममा स्थानीय कलाकारहरुको मनमोहक नृत्यको साथसाथै फ्रि-इन्ट्रान्सको ब्यवस्था समेत गरिएको छ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu