पाँचौं चन्द्राैटा महाेत्सवकाे मुख्य अाकर्षण थारु साँस्कृतिक नृत्य ॥

Wednesday, 28 November 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

राम अवतार चाैधरी
चन्द्राैटा(कपिलवस्तु):= पाँचौं चन्द्राैटा महाेत्सवकाे मुख्य अाकर्षणकाे रूपमा अाज  छैठौं दिन थारु साँस्कृतिक नृत्य रहेकाे बताइएको छ । नेपालमै पहिलाे पटक हुनालागेकाे थारु साँस्कृतिक नृत्यले इतिहासै रचने समेत थारु अगुवाहरूकाे बुझाई छ ।

     विगतका दिनमा यस भन्दा पहिले यस्तो कार्यक्रम तथा अाैधाेगिक व्यापार महाेत्सवमा थारु समुदायलाई कहिलै अवसर नभएकाे समाजसेवी द्वारिका थारुले बताउनुभयाे ।"कृषि, पर्यटन, उद्योग-व्यापार र राेजगार, अार्थिक समृद्धिकाे मुल अाधार" भन्ने मूल नारा सहित सुरु भएकाे महाेत्सव यहि मंसिर १६ गते सम्म सञ्चालन रहने अायाेजकले बताएको छ ।

     महाेत्सवमा बाणगंगा-९, पश्चिम जिनवाकाे सूर्याेदय यूवा क्लब, बाणगंगा-८, चप्पर गाउँकाे साँस्कृतिक संरक्षण तथा सम्बर्द्धन सभा, शिवराज-२, बालापुरकाे नमुना समानता बाल क्लब, शिवराज-५, दक्षिण रहतकाेलकाे ब्राईट राइजिङ युवा क्लब र शिवराज-९, भगवानपुरकाे भगवानपुर गाउँ समाज समिति लगायत क्लबका टिमहरूकाे थारु संस्कृति झल्किने पाेशाक लेहंगा, चाेली, मंगिया, सुटिया, कारा, अगेला, पसेला, ढिकरी, घाेंगी, करुवा, ढकिया सहितकाे सामग्री लिएर बेजोड प्रस्तुती रहेकाे साथै गायिका प्रिति अाले, नारायण वि.सी. र मिलन वि.सी लगायत पाँचौं चन्द्राैटा महाेत्सवकाे डान्स अाइडलकाे प्रस्तुति समेत रहेकाे साँस्कृतिक संयाेजक अर्जुन प्रसाद शर्माले बताउनुभयो ।

     त्यसैगरी यहि मंसिर १२ गते महाेत्सकाे साताैँ दिन राष्ट्रिय तथा निकै सुमधुर स्वरका धनी चर्चित गायक श्रीनिवास चाैधरी, किरण खड्का र कमल खत्री लगायत थारु साँस्कृतिक नृत्य यसैगरी पुनः पाँचौं डान्स अाइडलकाे समेत प्रस्तुति रहने साँस्कृतिक संयाेजक शर्माले जानकारी दिनुभयो ।

     महाेत्सवमा कृषि स्टल, हस्ताकला सामाग्री, जडिबुटी, नि:शुल्क अाँखा शिविर,  माैतका कुंवा, राेटे पिङ, नेपालकै सबैभन्दा हाेंची महिला, कुस्ती, कपिलवस्तु जिल्लाको धार्मिक तथा पर्यटकीय स्थलहरूकाे फाेटाे प्रदर्शन र स्थानीय तथा राष्ट्रिय स्तरमा उत्पादित कृषिजन्य सामाग्री लगायत दर्शकले अवलोकन गर्न र बुझ्न सक्ने अयाेजकले जनाएकाे छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu