सडक अनुगमन गरेर चेतावनी दिए पनि धुलो अनियन्त्रित

Wednesday, 28 November 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

नविन चौधरी,,
कोल्हबी:= बारा जिल्लाको कोल्हबी नगरपालिकाको सडक धुलामे बनेको छ।
गत मंसिर ६ गतेका दिन तामागढी देखि कोल्हबी बजार सम्म मर्मत भइरहेको हुलाकी राजमार्गमा इलाका प्रशासन कोल्हबीका प्रमुख महेशलाल मण्डल सहितका टोलीले अनुगमन गरी चेतावनी दिंदा जंगलको बाटोमा केही धुलो नियन्त्रण भए पनि कोल्हबी बजारको मुल सडक लगायत गाडीको बढि आवगमन  हुने सडकहरुमा धुलो नियन्त्रण हुन सकेको छैन् ।

कोल्हबी नगरपालिकामा रहेका बासिन्दाहरुको बारम्बार आइरहेको जनगुनासोलाई समर्थनका साथ गरिएको सो अनुगममा मोना कन्ट्रक्सनका सहायक इन्जिनियर संजय कलवारले सडकमा पानी हाल्ने र धुलो नियन्त्रण गर्ने प्रतिबद्धता दिए पनि झुठा आश्वासन मात्रै रहेको स्पष्ट  देखिन्छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu