थारु संस्कृति जोगाउने उदेश्यले कञ्चनपुरको बेलौरीमा माघी महोत्सव

Sunday, 30 December 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी ,,
कञ्चनपुर:= कञ्चनपुरको बेलौरी नगरपालिकामा थारु संस्कृति जगेर्ना गर्ने उद्देश्यले तीनदिने प्रथम माघी मेला २०७५ को तयारी गरिएको छ।

थारु कल्याणकारणी सभा बेलौरी नगर समितिको आयोजना तथा बेलौरी नगरपालिकाको सह आयोजनामा पुस २७ गतेदेखि २९ गतेसम्म बेलौरीको खुला मञ्चमा महोत्सव हुने आयोजकले बताएको छ ।
‘थारु एकता हमार शान, शिक्षा भाषा, संस्कृति पौरहैती लैजिना हमार अभियान’ भन्ने मूल नाराकासाथ प्रथम बेलौरी माघी मेला २०७५ आयोजना हुन लागेको महोत्सव प्रचार प्रसार समितिका संयोजक कृष्ण गुम्बा चौधरीले बताउनुभयो ।

मेलाको पहिलो दिन रक्तदान कार्यक्रमको तयारी गरिएको छ । महोत्सवमा थारु जातिको परिकार रहन सहनका साथै वेषभूषासम्बन्धी १५ वटा सांस्कृतिक स्टल राखिने प्रचारप्रसार समितिका संयोजक चौधरीले जानकारी दिनुभयो ।
थारु जातिको परम्परागत कला संस्कृत झल्किने झाँकी, मघौटा नाच, मुङ्हरवा नाच, झुम्रा नाच, थारु नृत्य, थारु र गैरथारु राष्ट्रिय कलाकारको प्रस्तुति रहने प्रचारप्रसार समितिका संयोजक चौधरीले बताउनुभयो ।

उहाँका अनुसार मेला सम्पन्न गर्न करिब पाँच लाख १० हजार रुपियाँ खर्च लाग्ने अनुमान गरिएको छ । मेलाको १० हजारभन्दा बढीले अवलोकन गर्ने विश्वास आयोजकको छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu