धिरेन्द्र चौधरी ,,
रामधुनी ( सुनसरी):=इटहरीमा थारु युवा सभाको प्रथम भेला शनिबार सम्पन्न भएको छ ।
थारु युवा सभा सुनसरीको आयोजनामा भेला सम्पन्न भएको हो ।
सभा सुनसरीका अध्यक्ष टिकाराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा दुइ सय भन्दा बढी युवाको भेलाले इटहरीमा थारू युवा सभा गठन गरीने जिवन चौधरीले जानकारी दिए ।
कार्यक्रममा थारु कल्याणकारी सभाका केन्द्रिय सदस्य उर्मिला चौधरी , सुनसरीका अध्यक्ष सुरेन्द्र चौधरी , शुसिला लेखी लगायतको सहभागीता रहेकोे थियोे ।
तस्बिर : कार्यक्रममा सहभागी