कोल्हवी:= बाराको करैयामाई गाउँपालिका वडा न.७ मा अवस्थित सृजनशिल युवा क्लब पिपराको आयोजनामा पंचगछिया खेल मैदानमा हुन गइरहेको चौथो पिपरा गोल्ड कपको सम्पुर्ण तयारी पुराभएको छ। बुधबार १५ गते देखि सुरु हुन गइरहेको चौथो पिपरा गोल्ड कपको पहिलो दिन आयोजक टिम र बिरगंज युथ क्लब बिरगंज बिच भिडन्त हुने आयोजक समितिले जनाए।
अनुमानित ५३ लाखको लागतमा हुन गइरहेको चौथो पिपरा गोल्ड कपमा बिरगंज युथ क्लब-बिरगंज, युनाइटेड क्लब-बिरगंज,बागमती-११,न.२ न. बाहिनी बर्दिबास, उदयपुर-११,हिमकस्तुरी टिम लाहान,हेटौंडा-११ मकवानपुर,युनाइटेड क्ल्ब सिमरा,गतवर्षको बिजेता एपीएफ क्लब र उपबिजेता सर्लाही-११ साथै आयोजक टिम गरि ११ वटा टिमहरुको सहभागी रहने र उक्त खेलको उद्घाटन राज्य मन्त्री उषा कुमारी यादव ज्युले गर्ने क्लबका अध्यक्ष बृजमोहन चौधरीले जानकारी दिए ।
प्रतियोगिताको बिजेताले २ लाख र उपबिजेताले १ लाख प्राप्त गर्ने भएको छ। यसैगरी प्रतियोगिताको विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई अयोजकले नगद ५००० हजार तथा सिल,मेदल र प्रमाण-पत्र प्रदान गर्ने र साथै माघ १५ गते बुधबार देखि सुरु हुने खेल २३ गते बिहिवार सम्म रहने र उप्त खेलमा महिलाहरुको लागि निसुल्क खेल हेर्न दिइने व्यवस्था मिलाइएको आयोजक समितीले जानकारी दिए।
उप्त कार्यक्रमको सहयोगी हातहरु मुख्य सहयोगी करैयामाइ गाउँपालिका ,स-सहयोगी कोल्हबी नगरपालिका , सहयोगीहरु निजगढ नगरपालिका ,एन सि सि बैंक, नमुना इटा लगायतका अन्य संस्थाहरु रहेका छ्न।।