नेपाल आईस विन्दास म्यूजिक आवार्ड २०७६ हुने/२२ बिद्यामा अवार्ड बितरण

Monday, 7 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी ,,
कैलाली:= गत वर्षझै यस वर्ष पनि विन्दास म्यूजिक आवार्ड हुने भएको छ ।अगामी चैत्र १ र २ गते धनगढीमा नेपाल आईस विन्दास म्यूजिक आवार्ड २०७६ हुने भएको हो ।

घोडाघोडी मिडिया संचार समुह (बिन्दास मिडिया) को आयोजनामा कैलालीमा दोस्रो पटक राष्ट्रिय स्तरको थारु म्युजिक अवार्ड हुन गईरहेको कार्यक्रमका संयोजक हरेन्द्र चौधरी आईतबार पत्रकार सम्मेलन गरी कार्यक्रम बारे जानकारी गराए ।

लोप हुँदैं गएको थारु मौलिक कला, संस्कृति तथा संस्कारलाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना हुने जनाएको छ । त्यस्तै थारु चलचित्र, म्युजिक भिडियो, थारु कलाकारहरुलाई सम्मान स्वरुप अवार्ड कार्यक्रम गरिने र थारु कलाकारहरुलाई समाज, संस्कृति, भाषा, कलाको विकासमा जागरुक गर्न र उत्प्रेरित गर्ने उद्देश्यले पनि कार्यक्रम गरिएको संयोजक चौधरीले जनाए ।
कार्यक्रमको मुख्य प्रायोजकको रुपमा नेपालको प्रतिष्ठित कम्पनी चौधरी ग्रुपको नेपाल आइस रहेको छ । त्यस्तै हस्पिटालिटी पार्टनरमा पल्पसा क्याफे, सेक्युरिटी पार्टनरमा विकास सेक्युरिटी सर्भिस प्रा.लि. रहेको छ ।

दुई दिने कार्यक्रममा थारु संस्कृति संरक्षण र सम्वर्धनको लागि विभिन्न थारु झाँकीहरु प्रस्तुत गरिने, युवा पुस्तामा बढ्दै गई रहेको विकृतिलाई कमगर्ने प्रयास गर्ने तथा दस्तावेजिकरण गने, परम्परागतथारु लोक कला संस्कृति र आधुनिक कलालाई नजिकबाट नियाल्ने र अध्ययनगर्ने, युवा पुस्तालाई थारु लोक कला संस्कृतिको महत्वबारे जानकारी गराई संस्कृति संरक्षणमा अभिप्रेरीत गर्ने रहेको छ ।

अवार्ड कार्यक्रममा २२ विधामा अवार्ड गरिने जनाएको छ ।
कलाकारहरुलाई सम्मानगर्ने विधाहरु:
१.सर्बोत्कृष्ट आधुनिकगायन (पुरुष)
२.सर्बाेत्कृष्ट आधुनिकगायन (महिला)
३.सर्बोत्कृष्ट लोक गीतगायन (पुरुष)
४.सर्बोत्कृष्ट लोक गीतगायन (महिला)
५.सर्बोत्कृष्ट पपगायन (पुरुष)
६.सर्बोत्कृष्ट पपगायन (महिला)
७.सर्बोत्कृष्ट गायन९पुरुष०
८.सर्बाेत्कृष्ट गायन९महिला०
९. सर्बाेत्कृष्ट फिल्म स्कृप्त लेखक
१०.सर्बोत्कृष्ट गीतकार
११.सर्बोत्कृष्ट फिल्मनिर्देशक
१२.सर्बोत्कृष्ट म्युजिक भिडियो निर्देशक
१३..सर्बोत्कृष्ट संगीतकार
१४.सर्बाेत्कृष्ट छायांकार
१५.सर्बोत्कृष्ट दृश्य सम्पादन
१६.सर्बोत्कृष्ट नवप्रतिभा (पुरुष)
१७.सर्बोत्कृष्ट नवप्रतिभा (महिला)
१८. सर्बाेत्कृष्ट गीत २०७५
१९. सर्बोत्कृष्ट मोडल (पुरुष)
२०.सर्बोत्कृष्ट मोडल (महिला)
२१.सर्बाेत्कृष्ट युगलमोडल.
२२.सर्बाेत्कृष्ट कलापत्रकारिता

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu