उन्नती चौधरी,,
धनगढी:= सांसद रेशम थारु लगायत टीकापुर घटनाका राजबन्दीहरुलाई तुरुन्त रिहा नगरे पुनः आन्दोलन चर्काउने थारु नेताहरुले चेतावनी दिएका छन्।
टीकापुर घटनाको विषयमा थारु कल्याणकारिणी सभा क्षेत्र–५ नगर समितिको आयोजनामा आइतबार भएको जनजागरण कार्यक्रममा थारु अगुवाहरुले सो कुरा बताएका हुन् । उनीहरुले २०७२ भदौ ७ र ८ गतेका दिन टीकापुरमा भएको घटनालाई राजनीतिक रुपले सम्बोधन गर्न आग्रह गरेका थिए ।
थारु कल्याणकारिणी सभाका केन्द्रीय पार्सद प्रभातकुमार चौधरी थारुको हक अधिकारको लागि भएको आन्दोलन उत्कर्षमा पुगेकोबेला सो आन्दोलनलाई दबाउन खोज्दा टीकापुर घटना हुन पुगेको बताए ।
हक अधिकार स्थापनाकोलागि गरिएको आन्दोलनलाई राज्यपक्षले बेवास्ता गरि दबाउन खोज्दा अप्रिय घटना हुन पुगेको विश्लेषण प्रकट गरे ।
टीकापुर घटना हुनेबेला ७ गते आठ जना प्रहरी शहादत प्राप्त गरे, त्योसंगै बन्दुकको गोली लागेर एक बालकको ज्यान गायो । ८ गतेका दिन करफयूको बेला सयौं थारुहरुको घर, पसलमा आगजानी र लुटपात भएको थियो ।
थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य इन्दु चौधरी संघियताको नाममा राज्यको पुनःसंरचनालाई थारु कलस्टार बनाउनेबेला जालझेल गरेको बताइन् । उनले कानून निर्माण र कार्यान्वयन गर्ने ठाँउमा पुगेका नेतृत्वकर्ताले आवाज नउठाएको कारण हालसम्म थारु अधिकार सुनिश्चित हुननसकेको बताइन् । राज्यपक्षले थारुको पहिचान मेताउने प्रयत्न गरिरहेको आरोप अलाउदै यनले भने थारु भाषा, कला, संस्कृतिमाथि प्रहार भईरहेको छ ।
थारु नागरिक समाजका जिल्ला संयोजक दिल बहादुर चौधरी भोट दिएर नेतृत्व तहमा पुगायो तर नेतहरुा सामाजिक स्वार्थ भन्दा पनि व्यक्तिगत स्वार्थमा विलयन भएको आरोप लगाए । नेताहरुको व्यक्तिगत स्वार्थको कारण टिकापुर घटना राजनीतिक मुद्दा बन्ने नसकेको बताए ।
थारु कल्याणकारिणी सभाका केन्द्रीय पार्सद कृष्णकुमार चौधरी थारु समुदायको हक अधिकार स्थापित गर्नलागि जनसंख्याको आधारमा हरेक निकायम सामानुपातिक सहभागिता हुन जरुरी रहेको बताए । काँग्रेस, एमाले र माओबादीले गरेको अहिले सम्मको आन्दोलन राजनीतिक बने त्यसै गरी टीकापुर घटनालाईपनि राजनीतक तरिकाले हल गर्न आग्रह उनले आग्रह गरे । सांसद रेशम चौधरीलाई शपथ ग्रहण पछि जेल कोच्नु सरकारको द्ववैध चरित्रा प्रर्दशन भएको बताए ।
अधिबक्ता जोहारीलाल चौधरी सांसद रेशम चौधरीको पद निलम्बन अवस्थामा रहेकोले उहाँ लगायत जेलबन्दी जीवन विताउदै आएका सबै थारुहरुको मुद्दा फिर्ता गर्न सबै एकजुट भएर आवाज उठाउन आवश्यक रहेको बताए ।
थारु कल्याणकारिणी सभाका केन्द्रीय पार्सद पुरन प्रसाद चौधरी टीकापुर घटनालाई राजनीतिक तवरले सम्बोधन गर्न क्याविनेट भित्रै आवाज उठाउनु पर्ने जरुरी रहेको बताए ।
राजपाका केन्द्रीय सदस्य फोनीराम चौधरी सबै दलका थारु नेता पार्टीगत स्र्वाथ भन्दापनि पनि समुदायको लागि आवाज उठाउन जरुरी रहेको बताए ।
थारु कल्याणकारिणी सभा कैलालीको कार्यवाहक जिल्ला अध्यक्ष माधव चौधरी टीकापुर घटनाको आरोपमा पक्राउ परेका निर्दोष थारुहरुको अवस्था दयनिय रहेको बताए ।
संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष गया प्रसाद कुश्मी काँग्रेस, एमाले, माओबादीको आन्दोलन राजनीतिक आन्लोलन बनाउने तर थारुहरुले गरेको आन्दोलन अपराधिक बनाउने भन्दै राज्यले थारुप्रति गरेको विभेद प्रष्ट देखिएको बताए । रेशम चौधरीलाई सपथ खुवाएर थारुहरुलाई भुलभलैयामा पार्न खोजेको आरोप समेत लगाए । रेशम लगायत टीकापुर घटनाका आरोपितहरुलाई तुरुन्त रिहा नगरे आन्दोलनको विकल्प नरहेको नेता थारुको भनाई छ ।
कार्यक्रममा थारु महिला सभाका जिल्ला अध्यक्ष दुर्गा कुश्मी थारुहरुको हकअधिकार स्थापित गर्नकोलागि गरिएको आन्दोलनलाई राजनीतिक आन्दोलनको रुपदिनुपर्ने बताईन् ।
कार्यक्रम थारु कल्याणकारिणी सभा धनगढी उपमहानगरपालिका नगर सभापति गोठुराम चौधरीको सभाअध्यक्षतामा भएको थियो । भने थाकसका जिल्ला सदस्य तारा चौधरीले स्वागत गरेका थिइन् ।
