नवौं कपिलवस्तु खिचडी महोत्सव शुरू ।

Thursday, 17 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
राम अवतार चाैधरी,,
कपिलवस्तु :=नवौं कपिलवस्तु माघी (खिचडी) महाेत्सव बुधबारबाट शुरु भएकाे छ । जिल्लाको शिवराज नगरपालिका-५, चन्द्रौटा महोत्सव स्थलमा सञ्चालन भएकाे महाेत्सव यहि माघ २ गते देखि ४ गतेसम्म सञ्चालन रहने अायाेजकले बताएकाे छ । 

     महोत्सव एक भव्य समारोहका विच प्रदेश नं. ५ का भौतिक पुर्वधार तथा योजना मन्त्री बैजनाथ चौधरीले समुद्घाटन गर्नुभएको हाे । महोत्सवको उदघाटन समारोहलाई सम्वोधन गर्दै मन्त्री चौधरीले सम्रग थारु समुदायको उत्थानको लागी समाजमा व्यापत रहेको वाल विवाह तथा छोरीलाई पढाउनु हुदैन् भन्ने मान्यताको अन्तय गर्नुपर्ने बताउनु भएको छ । नेपालमा सवैभन्दा पुरानो जाती थारु भएको बताउदै मन्त्री चौधरीले थारु समुदायको लागि लक्षित गरेर विदेशवाट विभिन्न योजनाहरु अगाडी बढाएको बताउनुभयो । उहाँले विगतमा अधिकार प्राप्तीको लागी संघर्ष गर्नुपरे पनि अव भन्ने थारु समुदाय पनि राजनैतिक तथा समाजीक क्षेत्रमा अगाडी आएको बताउनुभयो ।


     कार्यक्रममा प्रदेश सभा सदस्य अर्जुन केसी, शिवराज नगरपालीकाका नगरप्रमुख नेत्रराज अधिकारी, उप-प्रमुख शिवकुमारी थारु लगाएतले थारु भेषभुषा र संस्कृति संरक्षणको लागि महोत्सवकाे अायाेजनाले राम्रो टेवा पुगेको बताउँदै नगरपालिकाबाट सहयोग हुने आश्वासन दिनुभयो । 

     महाेत्सवमा थारु कल्याणकारी सभा कपिलवस्तुका अध्यक्ष उमा शंकर थारुको अध्यक्षता एवम् भाैतिक पूर्वधार तथा याेजना मन्त्री बैजनाथ चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । 

     उक्त महोत्सवमा थारु संस्कृति झल्कने विभिन्न साम्रागी तथा खानाका स्टलहरु राखिएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय चर्चित गायक श्रीनिवास चाैधरी, निकै सुमधुर गायिका अन्नु चाैधरी लगायत कलाकारहरूको बेजाेड प्रस्तुती समेत रहने महाेत्सव संयाेजक उमा शंकर थारुले बताउनुभयो ।


Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu