थरुहट आन्दोलनको तयारी तिब्र रुपमा हुँदै / जिल्ला जिल्लामा समिती गठन ।

Monday, 1 July 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
थारुवान ड्टकम,,
काठमाडौं := भदौ ७, ८ र ९ गते टीकापुरमा हुने थरुहट थारुवान राष्ट्रिय सम्मेलनको तयारी समितिले सप्तरी र उदयपुरमा कमिटी गठन गरेको छ। थरुहट नेता लक्ष्मणए थारु, राजकुमाार लेखी, मीनराज थारु र राजपाका सांसद चन्द्रकान्त चौधरीको उपस्थितिमा उचित लाल चौधरीको संयोजकत्वमा २१ सदस्यीय सप्तरी कमिटी गठन भएको सलस्य सतिव तुल्सी चौधरीले जानकारी दिए।
सहभागी तीनै जना नेताले आन्दोलनको विकल्पन नरहेको भन्दै आम थारु समुदायलाई आन्दोलनमा उत्रिन आह्वान गरे। त्यसका लागि कैलालीको टीकापुरमा हुन गइरहेको थारुहरुको राष्ट्रिय सम्मेलनलाई सफल पार्न उनीहरुले आह्वान गरेका थिए।
त्यस्तै उदयपुरमा शुभलाल मिरदहा थारुको संयोजकत्वमा २१ सदस्यीय कमिटी गठन भएको छ। टीकापुर सम्मेलनका लागि उदयपुरमा थारुहरु पनि उत्साहित भएको सदस्य सचिव तुल्सीले जानकारी दिए।केही दिनमै बारा, पर्सा र रौतहटमा जिल्ला कमिटी गठन हुने उनले जानकारी दिए।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu