रोपाईवाली निरुताको थारु भाषाको गीतमा आईटम डान्स

Thursday, 10 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी ,,

कैलाली := मोडल, डान्सर एवम् गायिका निरुता क्षेत्रीले थारु भाषाको एक आईटम डान्समा अभिनय गरेकी छन् । थारु भाषको आतुअ मे बैथी के बोलाए कि मोरे पिया दुर दुर से बोलको पुरानो गितलाई रिमिक्स बनाएर तयार भएको सो गितमा निरुताको आईटम डान्स देख्न सकिन्छ ।

सो गितमा निरुता र विशाल गुरुङको स्वर रहेको छ भने निरुता सहित अनुराधा चौधरी, सुनिता दहित र विवश चौधरीको अभिनय रहेको छ । पुराना श्रष्टाको सम्मान् गर्दै सो गितलाई रिमिक्स गरेर बजार ल्याउन लागिएको निरुताले बताईन् । उनी भनिछन् – निकै मेहनत गरेका छुँ, दर्शक र श्रोताले माया गरिदिनु हुन्छ भन्ने विश्वास छ ।

उनका अनुसार गितको भिडियो दुई/तिन दिन भित्रै सार्वजनिक हुने तयारीमा रहेको छ । हाल गितको भिडियो मिक्सिङ भईरहेको छ । बर्दियाको बासगढ़ीमा जन्मिएकी निरुता राजधानी छिरेर मोडलिङ क्षेत्रमा संघर्ष गर्दै आएकी छन् । पछिल्लो तीन वर्षदेखि निरन्तर यश क्षेत्रमा संघर्षरत निरुताले छोटो समयमै नेपाली र भोजपुरी गरी १८ बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।

हालसम्म अविवाहित मोडल निरुता कसैको प्रेममा पनि नपरेको बताउँछिन् । झट्ट हेर्दा कडा स्वभावकी भएपनि देखे जस्तो कडा स्वभावकी नभएको बताउने निरुताले आफ्नै आवाजमा थुप्रै गित समेत निकालिसकेकी छिन् । नेपाली कलाक्षेत्रमा इमानदारीका साथ काम गरियो भने नाम र दाम दुवै भएको बताउने उनी वोल्ड एण्ड हट फेसन मनपराउछिन् ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu