जलेश्वर चौधरीलाई NRNA ले सहयोग गर्ने

Wednesday, 9 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

काठमाडौं := साउदी अदालतले जलेश्वर चौधरीलाई ४५ लाख ब्लडमनि नतिरे फाँसी सजाय सुनाएको बारे थारुवान ड्टकम,हमार सनेश ड्टकम लगायतको सञ्चारमाध्यममा प्रकाशन भएको समाचार पढेर सहयोगी व्यक्तित्वहरु सम्पर्कमा आएका छन् ।

एनआरएनएका केन्द्रीय कोषाध्यक्ष सोम सापकोटाले समाचार लेख्ने पत्रकार कारी महतोलाई मेसेन्जर मार्फत सम्पर्क गरी आफूहरुले चौधरीलाई सहयोग गर्ने बताएका छन् । “कूटनीतिक पहल भएमा ब्लडमनि घटाउन सकिन्छ” सापकोटाले बताए । त्यसका लागि आफूहरुले पहल गर्न शुरु गरिसकेको जानकारी गराए । “मैले साउदी काउन्सीलरसँग कुराकानी गरिरहेको छु ।” तिर्नुपर्ने ब्लडमनिको दश प्रतिशत रकम एनआरएनएले सहयोग गर्ने समेत कोषाध्यक्ष सापकोटाले बताए ।

चितवनमा जलेश्वर चौधरीका गाउँलेहरु आर्थिक सहयोग जुटाउनका लागि सहयोग समूह वृद्धि गरेका छन् । उनीहरुले पूर्वी चितवनका गाउँघर, बजार, विद्यालय र संघसंस्थामा पुगी सहयोग संकलन गरिरहेका छन ।

जलेश्वर बचाऊ अभियान सञ्चालन शुरु गर्ने संस्था सामाजिक स्वयमसेवक नेपालका केन्द्रीय उपाध्यक्ष तथा मिसन चितवनका अध्यक्ष सागर लामिछानेले भोलि नै श्रममन्त्रालय गएर जलेश्वरको बारेमा औपचारिक जानकारी गराई सहयोग लिने बताएका छन् । यता चितवनमा आर्थिक सहयोग संकलन जारी राख्ने उनले जनाए । “दुई महिनाभित्र नै जलेश्वर चौधरीलाई सकुशल स्वदेश फर्काउने हाम्रो लक्ष्य रहेको छ” लामिछानेले बताए । जलेश्वर बचाउ अभियानका लागि जिल्ला प्रशासन कार्यालयबाट नै गरिमा विकास बैंकमा खाता खोलिएको लामाछिानेले बताए । बैंकको खाता नं. ०३७१०१००७४००७५०००००१ रहेको छ ।

खिचरा महोत्सवमा पनि जलेश्वर बचाऊ अभियान सञ्चालन हुने

यता खैरहन नगरपालिका वडा नं. ५ गौचरनमा पुस २८ देखि माघ ७ सम्म हुन लागेको छैठौ खिचरा महोत्सव मूल आयोजक समितिका संयोजक चुडामणि चौधरी संरक्षक रहने गरी थारु पत्रकार संघ नेपाल चितवन शाखाका अध्यक्ष कारी महतोको संयोजकत्वमा ५१ सदस्यीय जलेश्वर बचाऊ अभियान, सहयोग संकलन समिति गठन गरिएको छ ।

२५ वर्षीय जलेश्वर चौधरी वैदेसिक रोजगारीको सिलसिलामा साउदीमा ठूलो गाडीको चालकको रुपमा काम गर्ने क्रममा कारले पछाडिबाट ठक्कर दिई कार चालकको मृत्यु भएपछि थुनामा परेका थिए । साउदीको नियमअनुसार ४५ लाख बुझाउनु पर्ने र नबुझाएमा मृत्युदण्ड हुने फैसला साउदी अदालतले सुनाएपछि जलेश्वर बिचल्लीमा परेका छन् । आर्थिक अभावका कारण चौधरीका आमाबाबुले ब्लडमनि बुझाउन नसक्ने भएकोले चितवनमा जलेश्वर बचाऊ अभियान चालिएको हो ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu