सँस्कृतिमा आधारित थारु फिल्म भुरभुरा रहरको ट्रेलर सार्वजनिक (भिडियो हेरि सेयर गर्नुहोस्)

Friday, 4 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
काठमाडौं := सँस्कृतिमा आधारित थारु फिल्म भुरभुरा रहरको ट्रेलर सार्वजनिक भएको छ । दशैं तिहारमा नाचिने सखिया नाचमा आधारित फिल्म सत्य घटनामा आधारित छ । दशैं नजिकिएसँगै थारु गाउँमा सख्या नाच नाच्ने चलन छ । थारु गाउँका किशोर किशोरीको सख्या नाच्ने इच्छा हुँदाहुँदै पारिवारि अवस्थाले नाच्न पाउँदैनन् ।
आर्थिक अवस्था कमजोर र पारिवारिक अवस्था दयनीय रहेका कतिपय परिवारका किशोर किशोरीहरुको सख्या नाच्ने रहर अधुरो हुन्छ । त्यही परिवारको घटनाक्रमलाई भुरभुरा रहरमार्फत् देखाउन खोजेको निर्देशक मदन चौधरीले जानकारी दिए । फिल्म थारु समुदायको नयाँ वर्ष माघी लगत्तै देशब्यापी च्यारिटी गरिने निर्देशक चौधरीले बताए ।
थारु फिल्मस् प्रोडक्सन र रामलाल चौधरीले निर्माण गरेको फिल्ममा इन्द्र चौधरी, भिष्मा चौधरी, छबिलाल कोपिला, शिवानी चौधरी, लहिया थारुले मुख्य अभिनय गरेका छन् । फिल्म सुशील चौधरीले लेखेका छन् ।
तलको लिङ्कमा क्लिक गरि भिडियो हेर्नूहेर्नुहोस :- 

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu