कपिलवस्तुको भगवानपुरमा हुने माघी मिलन साँस्कृतिक महाेत्सवकाे तयारी तिब्र

Friday, 4 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

राम अवतार चाैधरी,,
कपिलवस्तु:= पछिल्लो समय थारु समुदायमा माघ नजिकिँदै गर्दा माघीकाे राेनक बढेकाे छ । थारु समुदायले माघी पर्वलाई नयाँ बर्षकाे रूपमा मनाउँदै अाएकाे पाईन्छ ।

     त्यही माघी पर्वलाई पूर्व मान्यताका साथै निरन्तरता दिँदै दुसरा माघी मिलन साँस्कृतिक महाेत्सवलाई भव्य र सभ्य सफल बनाउन थारु समुदायमा लाेप हुँदै गएका साँस्कृतिक पहिचान जाेगाउने अभिप्रायले तयारी तिब्र गतिमा रहेकाे महाेत्सव संयाेजक रमेश थारुले बताए । 

     कपिलवस्तु जिल्लाको शिवराज न.पा.९, शिवगढी भगवानपुर गाउँ समाज समितिको अायाेजनामा अादिम कालदेखि यस क्षेत्रमा बसाेबास गर्दै अाएका थारु समुदायकाे कला, संस्कृति, खानपान तथा भेषभुषा लाेप हुन् लागेकाे अवस्थामा हाम्रो समाजलाई जागृत गराउने उद्देश्यले हुना लागेकाे महाेत्सव यहि पुस २९ गतेदेखि ३ दिन सम्म सञ्चालन रहने महाेत्सवका सचिव दु:खराम थारुले बताएका छन् ।

      यसैगरी तीन दिन लाग्ने महाेत्सवमा कपिलवस्तुमा रहेकाे थारु समुदायकाे संस्कृतिकाे पहिचान हुने गरि झाँकी प्रदर्शनी तथा झुम्रा, झर्रा, सजनी, विरहनी, साेङ(नाटक) र राष्ट्रिय तथा स्थानीय कलाकारहरूकाे बेजाेड प्रस्तुति समेत रहने संस्कृति संयाेजक शिवराज थारुले बताएका छन् ।

     उक्त महाेत्सवले थारु भाषाकाे विकास तथा संरक्षण गर्ने, माैलिक भेषभुषा कला र संस्कृतिको प्रचारप्रसार, थारु खानाकाे परिकार, हस्ताकला सामाग्रीकाे प्रदर्शन, परम्परागत सीपहरूकाे बृद्घि विकास प्रवर्द्घन तथा बजारिकरणमा सुधार र थारु जातिकाे उत्थानमा महत्त्वपूर्ण याेगदान तथा प्रर्बद्घन गर्ने उद्देश्य सहित माघी मिलन साँस्कृतिक महाेेत्सवकाे अायाेजना गरिएकाे अायाेजक कमिटीले बताएकाे छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu