काठमाडौं:= तमु ल्होसारको अवशरमा तमु समाज मलेसियाले गोरखा सिरानचोक ४ निवासी ३१ बर्षिय मृगौला पीडित शन्ता गुरुङलाई आर्थिक सहयोग प्रदान गरेको छ।
समाजले तमु ल्होसारको अवसरमा आयोजित कार्यक्रममा सहभागीहरुबाट उठाएको नगद ५२,४४० रुपैयाँ सहयोग गरेको हो। तमुसमाज मलेसियाका भूतपूर्व महासचिव सन्तोष गुरुङले उक्त रकम दुवै मृगौला पिडित शान्ता गुरुङ र उनको श्रीमान सुन्दर गुरुङलाइ काठमाडौँमा हस्तान्तरण गरेका हुन्।
दुवै मृगौलाले काम नगरेपछि शान्तालाई अहिले डाइलेसिस गराइरहेको छौँ। आफैले मृगौला दिने निर्यण गरेका श्रीमान सुन्दरले छिट्टै ट्रान्सप्लान्टको निम्ति आवश्यक रकमको अभाव रहेका कारण सहयोगको अपिल गरिएको बताएका छन्।
उनले मृगौला ट्रान्सप्लान्टको निम्ती रकम पुग्ने बित्तिकै श्रीमतीलाई बचाउनको लागी मृगौला दिने भन्दै सम्पूर्ण सहयोगीमन हरुमा सहयोगको अपिल गरेका छन्।
