रामधुनी ५ नं. वडाकार्यलयको आयोजनामा निःशुल्क आँखा शिविर

Sunday, 6 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

सुनिल चौधरी,,
झुम्का:= आँखा रोगी लक्षितगरी वडावासीहरुलाई सेवादिन रामधुनी वडा नं. ५ वडा कार्यलयले सनिवार निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । सिंचाई योजना झुम्काको परिसरमा भएको शिविरबाट १ सय ९१ जनाले सेवा लिएका छन् ।

नेत्र ज्योती संघ ईटहरी आखाँ अस्पतालको प्राबिधिक सहयोगमा आखाँ जाच गरेको थियो । आखाँ जाचकालागी बृदबृदाहरुले बिशेष सेवा लिएका छन् । रोगीहरुलाई आँखा सम्बन्धि रोगबारे समेत बताएका थिए । उमेरका कारण तथा रोग ग्रसित भएर आँखा कम्जोर हुने देखिए सो अनुसार चिकित्सकहरुले सल्लाह समेत दिएका छन् । आँखा अस्पतालबाट अस्मिता पाण्डेको संयोजत्वमा पुष्पा तिम्सिना,कन्चन भटराई,कुन्दा पौडेल र अमित चौधरी सहभागी रहेका थिए ।

रोगीहरु मध्ये सल्यक्रिया गर्नु पर्ने अवस्था भए आर्थिक कम्जोर भएकाहरुलाई आयोजकको अनुरोधमा निःशुल्क उपचार गर्ने वडा अध्यक्ष डेगराज फुयालले बताए । शिविरकालागी लायन्स क्लव अफ रामधुनी सिटि,लायन्स क्लव अफ रामधुनीको सहकार्य रहेकोे थियो ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu