कारागारमा बधाई थाप्न रेशम चौधरीलाई भ्याइनभ्याई !

Saturday, 5 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

लोकेन्द्र भट्ट/रातोपाटी,,
काठमाडौँ:=कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निवार्चित रेशम चौधरी काठमाडौैैँको डिल्लीबजारस्थित कारागारमा छन् ।

उनी बिहीबार कारागारबाट सिंहदरबारमा पुगि सांसदको सपथ ग्रहण लिएर फेरि कारागारमै फर्केका थिए । रोचक छ के थियो भने उनी संसदको लोगोसहित कारागार गएका थिए । 

 ०७२ भदौ ७ गते कैलालीको टीकापुरमा ७ जना प्रहरीसहित ८ जनाको ज्यान जाने गरी भएको  हिंसात्मक आन्दोलनमा मुख्य अभियुक्त भएको आरोपमा मुद्दा खेपिरहेका चौधरीलाई सपथ ग्रहण गराउन उनको पार्टी राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चर्को दवाव दिएको थियो । यही मुद्दालाई लिएर राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिनेसम्मको तयारी गरेपछि ओलीले सपथग्रहणको व्यवस्था मिलाएको बताइन्छ । 

संवैधानिक व्यवस्थाअनुसार फौजदारी मुद्दामा दोषी ठहरिएका व्यक्ति स्वतः सांसद पदबाट निलम्बन हुन्छन् । तर चौधरीको सवालमा उनी पर्पक्षका लागि कारागार चलान भएकाले उनले सपथ लिएको भएपनि सांसद पद के हुने भन्नेमा संसद सचिवालयले स्पष्ट पारेको छैन ।

कारागारमा ‘माननीय’को पावर:-

कैदीलाई भेट्नका लागि कारागार प्रशासनले निश्चित समय छुट्याएको हुन्छ । डिल्लीबजारस्थित कारागारभित्र पनि आफन्त भेट्नलाई  भेट्नको लागि पहिलो चरणमा विहान १०ः १५ बजे देखि दिउँसो २ बजेसम्म समय छुट्याएको छ ।   त्यसपछि आधा घण्टा खाजा खाने समयमा आफन्त भेट्न आएकाले साढे २ देखिसम्म कुर्नै पर्छ । यो कुरा डिल्लीबजार कारागारको सूचनापाटीमा पनि लेखिएको छ । दोस्रो चरणमा पनि साढे २ देखि ४ बजेसम्मको लागि समय छुट्याइएको छ । 

कारागारभित्र रहेका रेशम चौधरी ‘माननीय’ लाई भेट्न जानेलाई भने समयले छेक्दैन । अन्य कैदीलाई भेट्न जानेले भेट्ने समय ख्याल नगरी दुई देखि साढे २ बजेबीचको समयमा पुगे भेट्न पाउँदैनन् तर चौधरीको सवालमा भने यो नियम लागू छैन । 

बिहीबार सांसदको सपथ खाएपछि चौधरीका समर्थक र शुभेच्छुकमा खुसीयाली देखिन्छ । उनी प्रभावित क्षेत्रमा दीपावली नै गरेका शुभेच्छुकको खुसीयाली कारागारमा पनि देख्न सकिन्छ । 
सञ्चारकर्मी शनिबार कैदी भेट्ने समयमा कारागार पुग्दा सांसद चौधरीका शुभेच्छुक उनलाई बधाई दिन हातमा पुष्पगुच्चासहित बाक्लो संख्यामा देखिन्थे । यस्तै  भेटर बधाई दिनेको घुईँचो सँगसँगै फोनबाट बधाइका सन्देश दिनेहरुको पनि कमी थिएन ।  

सपथ ग्रहणपछि  कारागारको उच्चतहबाट चौधरीको सेवा र सम्मानमा कुनै कमी आउन नदिन निर्देशन नै आएको त्यहाँ कार्यरत एक प्रहरी जवानले बताए । 

चौधरीको सपथले उब्जिएको प्रश्न:-

टीकापुर घटनामा संलग्न भएको आरोपमा २४ जना थारु अगुवाहरु पुर्पक्षका लागि धनगढी कारागारमा छन् भने एक जना बालकलाई सुधार गृहमा राखिएको छ ।

 घटनाका मुख्य आरोपी चौधरीले सांसदको सपथ ग्रहण लिएसँगै फेरि प्रश्न उब्जिएको छ । जसरी सरकारले नाटकीय तरिकाले उनलाई सपथ ग्रहणको वातावरण मिलाइयो  त्यसरी नै सम्भवतः उनलाई केही समयमै रिहा पनि गरिएला । तर, अरु २५ जना आरोपीबारे के हुन्छ ? अहिले नै कोही भन्न सक्ने अवस्थामा छैन । यद्यपी थारु कल्याणकारिणी सभा कैलालीका नेताहरु रेशम चौधरीलाई सांसदको सपथ ग्रहण गराइनु सकारात्मक भएको बताउँछन् । 

आगामी दिनमा रेशम चौधरीलगायत टीकापुर प्रकरणका सबै बन्दीहरुलाई राजनीतिक मुद्दाका रुपमा लिँदै राजनीतिक तवरले नै निर्णय गरेर थुनामुक्त गरिनुपर्ने उनीहरुको माग रहेको छ ।

चौधरीको प्रतिक्रिया:-

कारागारमा शनिबार रातोपाटीसँग कुराकानी गर्दै चौधरीले टीकापुर घटना राजनीतिक भएको भन्दै यसलाई राजनीतिक तबरबाटै समाधान खोजिनु पर्ने बताए । 

चौधरीले भने,‘टीकापुर घटना राजनीतिक दुर्घटना हो । त्यसको निराकरण राजनीतिक रुपमा नै गरिनुपर्छ भन्ने मेरो मान्यता हो ।’
उनले सपथ लिएपछि फेरि कारागार चलान गरिएकोमा असन्तुष्टि पनि पोखे ।  

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu