थारु कलाकार र भुरभुरा रहरको टिमलाई युएईमा भब्य स्वागत (सेयर गर्नुस्)

Thursday, 10 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
आर एन चौधरी थारु,,
युएई := थारु कल्याणकारीणि सभा युएई द्वारा  " थारु कला संस्कृति हाम्रो पहिचान , यसलाई संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान " भन्ने मुल नाराको साथ थाकसको सातौं बार्षिक भेला तथा माघी उत्सव कार्यक्रम आयोजना हुुुन लागेको हो।

कार्यक्रममा सहभागी हुन युएई प्रस्थान गरेका नेपाल् वाट चर्चित गायक श्रि निवास चौधरी,केशव महतो, भुरभुरा रहरको निर्देशक तथा थारु पत्रकार संघ नेपालको केन्द्रिय अध्यक्ष मदन कुमार चौधरी,कलाकार तथा वरिष्ठ समाजसेवी रामलाल चौधरी लगायतको अतिथीहरुलाई युएई एयरपोर्टमा थारु कल्याणकारीणि सभाको पदाधिकारीहरुले संयुक्त रुपमा दोसल्ला ओढाइ स्वागत गरेको हमार सनेश ड्टकमको युएई सहकर्मी अनुराग महतोले  बताए ।


११ जनवरी २०१९ शुक्रबार युएईको स्थानिय समय अनुसार मध्यान्ह  १२ बजे देखी ( Raintree Rolla Hotel , Ground Floor, Oppostie Imperial Suites Hotel ,  DUBAI ) मा सभाको सातौं बार्षिक भेला तथा थारु समुदायको माहान पर्व माघे संक्रान्ती(माघी)उत्वस आयोजना हुन लागेको हो ।

हरेक वर्षझैं यसवर्ष पनि थारुहरुको पहिचान झल्किने साँस्कृतिक कार्यक्रम गरिने रुपेश चौधरीले जानकारी दिए। उनका अनुसार कार्यक्रममा थारु परिकारहरुको पनि व्यवस्था हुनेछ।
कार्यक्रममा सहभागी हुन युएई बस्ने थारुहरु लगायत सम्पुर्ण नेपालिहरुलाई आयोजकले हार्दिक आह्वान समेत गरेको छ। थाकस सभाको युएई च्याप्टरले सामाजिक कामको साथसाथै हरेक वर्ष माघी पनि मनाउँदै आएको छ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu