बर्दियाको गुलरियामा फेरि २ दिने थारु माघी मोहत्सब हुने

Thursday, 10 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

बर्दिया,(गुलरिया):= बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा पुष २८ र २९ गते माघी उत्सव तथा पर्यटन महोत्सव हुने भएको छ ।एक कार्यक्रमका बिच गुलरियामा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराइएको हो ।

गुलरियामा आयोजना गरिएको पत्रकार सम्मेलनमा दुई दिनसम्म सञ्चालन हुने माघी तथा पर्यटन महोत्सवमा विभिन्न प्रकारका बर्दिया जिल्ला भित्र रहने हरेक समुदायका संस्कृति झल्किने झाँकीहरू प्रस्तुत गरिने माघी उत्सव मुल तयारी समितिका संयोजक छविलाल चौधरीले बताए ।

बुधबार गुलरियामा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले जिल्लामा हरेक समुदायले सदियौ देखि मनाईरहेक पुरानो सस्कृतिलाई जोगाउनका लागि र विभिन्न समुदायलाई एक जुट गर्नका लागि गुलरियामा पहिलो पटक माघि महोत्सव गर्न लागिएको समेत उनले भने ।

बिगतका बर्षहरूमा बर्दिया जिल्लाका विभिन्न स्थानमा माघी महोत्सवको आयोजना गरिएको थियो भने यस वर्षबाट गुलरियामा समेत माघी महोत्सव गर्न सुरु गरेपछि स्थानीयहरू समेत उत्साहित भएका छन ।
२ दिनसम्म सञ्चालन हुने उक्त उत्सवमा थारू समूदाय लगायत, जिल्ला बिभिन्न स्थानहरुबाट अन्य समुदायका झाँकीहरूको समेत प्रदशन गरिने आयोजकले जनाएको छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu