राम अवतार चाैधरी,,
कपिलवस्तु:= नवौँ कपिलवस्तु माघी (खिचडी) महोत्सवको दोस्रो दिन अर्थात् बिहीबार भव्य रुपमा सम्पन्न भएको छ । थारु कल्याणकारी सभा कपिलवस्तुकाे अायाेजनामा जिल्लाको शिवराज नगरपालिका-५, चन्द्रौटा महोत्सव स्थलमा जारी कार्यक्रमकाे दोस्रो दिन हजारौं दर्शकले महोत्सव अवलोकन गरेको आयोजकले बताएको छ ।
“हम्मन संस्कृति हम्मनके शान, पहिचान बचएना हम्मनके अभियान” भन्ने मूल नाराका साथ बुधबार देखि सञ्चालन भएको महोत्सवमा थारु भेषभूषा, भाषा, कला, संस्कृतिलाई संरक्षण र प्रबर्द्धन गर्ने हस्ताकला लगायत साम्रागीहरु प्रर्दशन गरिएको छ ।
महाेत्सवकाे दाेस्राे दिन अर्थात् बिहीबार १४ अाेटा प्रतिस्पर्धी थारु नृत्य प्रस्तुत गरिएकाे कार्यक्रम सञ्चालिका सरिता थारुले बताइन् ।
महाेत्सवमा बिहीबारकाे मुख्य अाकर्षणका केन्द्रविन्दु रहेकाे माेडल तथा चर्चित गायिका अन्जु कुस्मी त्यसैगरी माेडल तथा गायकमा राज कुस्मी, चर्चित गायक राेशन रत्गैंया, गायक खेम चाैधरी, गायक उत्तम थारु चाैधरी लगायक कलाकारहरूले हजाराैँ दर्शकलाई निकै मनाेरञ्जन गरि प्रमुख अतिथिहरूलाई नचाएका थिए ।
उक्त महाेत्सव माघ ४ गतेसम्म चल्ने र महोत्सवमा थारु समुदायको खानपान देखि लिएर भेषभूषा, हस्ताकला समाग्री प्रदर्शनका साथै झुमरा, झर्रा, सजनी, विरहनी, मयुर नाच, लट्ठी नाँच, रेकर्ड डान्स प्रतियोगिताका साथै राष्ट्रिय तथा स्थानीय ख्याति प्रप्ता एकदमै चर्चित गायक श्रीनिवास चाैधरी, गायिका अन्नु चाैधरी, त्यसैगरी गायिका समीक्षा चाैधरी र गायक हरिनारायण थारु लगायत कलाकारहरुको बेजोड प्रस्तुति रहने महाेत्सवका साँस्कृतिक संयाेजक श्रीनिवास थारुले बताए ।