तेह्रथुम मलेसिया सम्पर्क मञ्चले खडगलाई बचाउन गरे ४ लाख बढी आर्थिक सहयोग(भिडियो सहित)

Wednesday, 9 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
आर एन चौधरी थारु,,
मलेसिया : = तेह्रथुम मलेेेसिया ससम्पर्क मञ्चले आइतबार राजधानी क्वालालम्पुरमा आयोजना गरेको भेटघाट/अन्तरकृया तथा पत्रकार सम्मेलन कार्यक्रम भब्य सम्पन्न भएको छ ।
मञ्चका अध्यक्ष प्रेम सुब्बा लिम्बूको सभापतित्वमा भएको उक्त कार्यक्रमको सञ्चालन रमेश थापाले गरेको थियो।
" तेह्रथुम जिल्ला फेदाप गाउँपालिका वडा नम्बर २ निवासी खडग बहादुर जोगी झुठ्ठो अभियोगमा मृत्युद्ण्डको सजाए पाएर दुबईको सेन्टर जेलमा ४ बर्ष देखी जेल जीवन बिताइरहेका जोगिलाई बचाउन युएईको अदालतले तोकेको नेपाली रकम रु.६० लाख बिगो जरिवाना तिर्नु पर्ने भएकोले रकम जुटाउन मलेसियामा आर्थिक सङ्कलन अभियान तिब्र रुपमा हुँदै " भन्ने समाचार केहिदिन अगाडि विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशन,प्रसारण भएको थियो।

हो,सोही आर्थिक सङ्कलनलाई पारदर्शिता गर्न र अभियान चाले देखि जम्माजम्मी कति रकम सङ्कलन भएको हो भन्ने जनमानस सामु सार्वजनिक गर्न अन्तरक्रिया/भेटघाट तथा पत्रकार सम्मेलन आयोजना गरिइएको मञ्चका अध्यक्ष प्रेम सुब्बाले बताए।
अध्यक्ष सुब्बाले आर्थिक रकम सार्वजनिक गर्दै हामीले अभियान चालेदेखी १७ दिनमा खडग बहादुर जोगिको लागी मलेसियाको विभिन्न सहयोगी दातहरु,कम्पनीमा काम गर्ने नेपाली कामदार,ब्यवसायीहरु बाट जम्मा ४ लाख ७६ रुपैयाँ सङ्कलन गर्न सफल भएको र सो रकम फेदाप गाउँपालिका वडा नम्बर २ का अध्यक्ष गोविन्द मादेम्बा लिम्बूलाई हस्तान्तरण गरिसकेको भन्नू भयो।
साथै सुब्बाले आर्थिक सङ्कलन अभियानमा साथ सहयोग दिने सम्पुर्ण सहयोगीदाताहरु,पत्रकारहरुलाई सोही कार्यक्रममा खादा,दोसल्ला ओढाइ सम्मान गरेका थिए।
तेह्रथुम मलेसिया सम्पर्क मञ्चको बारे र अहिले सम्म के,कति?सहयोग कहाँ कहाँ गरियो भन्ने बारे मञ्चका  सक्रिय सदस्य महेन्द्र बस्नेतले प्रष्ट पारेका थिए।


कार्यक्रमको प्रमुख अतिथीमा नेपाली ब्यवसायी ईन्द्रराज लिम्बु रहनु भएको थियो भने अतिथीहरुमा मलेसियामा रहेका विभिन्न संघसंस्थाको अगुवाहरु,पत्रकार,युट्युब च्यानल सञ्चालक र नेपाली श्रमिकहरुको उल्लेखनीय सहभागीता रहेको थियो।
मन्चले अभियानमार्फत संकलन गरेको रकम मन्चको अनुरोध बमोजिम परिवारलाई उपलब्ध गराइएको वडाध्यक्ष मादेम्बाले बताउनुभयो ।
तलको लिङ्कमा क्लिक गरि भिडियो हेर्नुहोस:- 
                 
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu