अर्पण मगर,,
क्वालालम्पुर (मलेसिया):= नेपाल तामाङ घेदुङ मलेसियाको प्रथम ऐेतिहासिक अधिवेशन-२०१९ आईतवार मलेसियाको राजधानी क्वालालम्पुर स्थित होटल ग्राण्ड कन्टिनेन्टलमा भव्यताका साथ सम्पन्न भएको छ।
राजेन्द्र वाईवा तामाङको सभापतित्वमा सम्पन्न भएको अधिवेशनमा प्रमुख अतिथी नेपाल तामाङ घेदुङ केन्द्रीय समिति काठमाडौंका महासचिव महित तामाङ विशिष्ट अतिथिमा नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका प्रवक्ता ईश्वर राई रहनु भएको थियो ।अन्य अतिथिमा विभिन्न संघसंस्थाका पदाधिकारी ,व्यावसायि, पत्रकार समेत रहेका थिए।
अधिवेशनमा जगत दोङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मलेसियाको महासचिव आरएन चौधरी (थारु), नेपाल जनप्रगतिशिल मोर्चा मलेसियाको अध्यक्ष बिजय लामा, नेपाल तामाङ घेदुङका संस्थापक स्याम घिसिङ तामाङ, पूर्वि एसिया क्षेत्रीय तामाङ धेदुङ सदस्य तथा नेपाल तामाङ कलाकार संघ मलेसियाका अध्यक्ष फूर्वा दोर्जे मोक्तान , व्यवसायी समाज मलेसियाको अध्यक्ष ईन्द्र लिम्बू , नेपाल अादिवासी जनजाति महासंघ मलेसियाको प्रवक्ता ईश्वर राई, तथा एनआरएनए मलेसियाका केन्द्रीय सदस्य दिल केरुङले शुभकामना मन्तव्य राख्नु भएको थियो।
नेपाल तामाङ धेदुङ केन्द्रीय समीतिका महासचिव तथा कार्यक्रमका प्रमुख अतिथि मोहित तामाङ ज्यु ले कार्यक्रममा पहिचान र स्वतन्त्रता र समानुपातिक अधिकार का लागि लडिरहेको जनजाति माथि प्रहरी दमनको अन्य हुनु पर्छ। र जब सम्म ताम्सालिङ राज्य सरकारले नामाकरण गर्दैन तब सम्म अान्दोलन जारी रहने समेत बताए।
२५ सदस्यीय समिति रहेको नेपाल तामाङ धेदुङ मलेसियाको अध्यक्षमा राजेन्द्र वाईबा तामाङ बरिस्ठ उपाध्यक्ष जगत दोङ तामाङ,प्रथम उपाध्यक्ष दावा थिङ तामाङ, दृतिय उपाध्यक्ष लनम दोङ तामाङ,महिला उपाध्यक्ष साईनी माया तामाङ ( सन्जना) ,महासचिव सबिन लोप्चन तामाङ,सचिव छेवाङ लामा तामाङ ,सचिव अमिर लोप्चन तामाङ , कोषाध्यक्ष विजय वाईबा तामाङ , सह कोषाध्यक्ष प्रकाश थोकर तामाङ,सदस्यहरुमा क्रमशः कुमार लोप्चन तामाङ ,श्याम बा. तामाङ ,दावा घिसिङ तामाङ ,ज्ञानध्वज बोम्जन तामाङ,काजि तामाङ,भोज बा. तामाङ लोप्चन,जितु पाख्रिन तामाङ,खेम बा. तामाङ, भुवन वाईबा तामाङ र सबिना लोप्चन तामाङ लगायतको रहनु भएको छ।
(तलको फोटोमा क्रमशः विभिन्न अनलाईन मिडियाकर्मीहरु,पत्रकारहरु समेत घेदुङ मलेसियाको प्रथम एतिहासिक अधिबेशनबाट सम्मानित भएको छ्न ।)





















