क्वालालम्पुर (मलेसिया ) := मलेसियाको गृह मंत्रालयले यहाँ अबैधानिक रुपमा रहेका आप्रवासिहरुको लागि आममाफी कार्यक्रम घोषणा गरेको छ। यो वर्ष २०१९ को अन्त्य सम्म अबैध बनेर काम गरिरहेका,बसिरहेका विदेशी कामदारहरुलाई स्वदेश फर्काउनको लागी संचालनमा ल्याइदैछन ।
आप्रवासन मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री तान श्री मुहियिद्दीन यासीनले "गो ब्याक फर गुड" भनिने नयाँ आममाफी कार्यक्रम १ अगस्ट देखि ३१ डिसेम्बर सम्म संचालित गरिने बताए ।
हाल जो अबैधानीक रुपमा मलेसियामा बसेर काम गरिरहेका छन। तिनीहरूलाई स्वैच्छिक रुपमा आउने लाई आर.एम ७०० जरिवाना तिरेर स्वदेश फर्काउनको लागि यो कार्यक्रम ल्याउन लागिएको बताएको छ।उक्त कार्यक्रम मार्फत स्वदेश फर्किन आवस्यक पर्ने कागजातहरू सम्बन्धित देशका कुटनैतिक नियोगहरु बाट सिफारिस लिएर आए घर फर्किन सक्ने छन।
साथै यात्रा अनुमती पत्र जारी भएको सात दिन भित्र आफ्नो देशमा फर्की सक्नु पर्ने छ। अघिल्लो कार्यक्रमहरु जस्तो अबैधानिक कामदारहरुका लागि निरन्तर पुन आममाफी कार्यक्रम सरकारले नल्याउने र यो नै अन्तिम कार्यक्रम रहेको जानकारी दिएका छन। अघिल्लो कार्यक्रमहरू प्रभावकारी थिए यद्यपि सबै अबैधानिक आप्रवासीहरु नफर्किएको र देशमा अवैध आप्रवासीहरूको संख्या अझै ठूलो रहेको मन्त्री यासिनले कार्यक्रममा बोल्दै भने त्यसैले हामी तिनीहरूलाई आफ्नै देशमा फर्किने अन्तिम मौका दिन चाहन्छौं।
यो अन्तिम पल्टको आममाफी कार्यक्रम अन्तर्गत अबैधानिक आप्रबाशीहरु नफर्किए"नयाँ वर्ष सुरु भएपछि,रोजगारदाताहरु माथी पनि कानूनको पूर्ण कार्वानयन गर्नको लागि कडा कारबाही गरिने समेत बताएका छन।भने मुह्यादीनले लगभग २०० कर्माचारीहरु लाई ८० ओटा काउन्टरहरु स्थापना गरि घरफिर्ती प्रक्रिया लाई सहज बनाउन आदेश समेत दिईएको भनेर मलेसियाली सञ्चार माध्यम द-स्टार अनलाईनले समाचार छापेको छ।
स्मरण रहोस यो भन्दा पहिले अघिल्लो बर्ष २०१४ अगस्टनै अन्तिम आममाफी कार्यक्रम भनिएको थियो।जुन कार्यक्रम ३+१ आममाफी नामक कार्यक्रम हो। जस बाट ८ लाख ४० हजार अबैधानिक कामदार आ-आफ्नो स्वदेश फर्किएका थिए।


