युवा तथा खेलकुद मन्त्रालयद्वारा कान्तिपुर टेलिभिजनकर्मी प्रदीप लेखी(थारु)पनि सम्मानित ।

Thursday, 25 July 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
काठमाडौँ:= युवा तथा खेलकुद मन्त्रालयले कान्तिपुर टेलिभिजनकर्मी प्रदीप सम्मान गरेको छ। लेखीसहित खेलकुद क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएका ५० जनालाई सम्मान गरेको छ।

हङकङमा सम्पन्न युथ एथलेटिक्सका स्वर्ण विजेता अजितकुमार यादवलाई १ लाख तथा उनका प्रशिक्षक धनीराम चौधरीलाई ५० हजार हजार रुपैयाँ प्रदान गरिएको छ । कार्यक्रमम्म यू १५ च्याम्प्यिनसिपका विजेता ब्याटमिन्टनका प्रिन्स दाहाललाई १ लाख रुपैयाँ दिइयो । यद्यपि चीनमा एसिया च्याम्पियनसिपमा भाग लिए गएका कारण प्रिन्स कार्यक्रममा उपस्थित थिएनन् ।

संयुक्त अरब इमिरेन्ट्स यूएईमा भएको स्पेशल ओलम्पिक एथलेटिक्सका स्वर्ण विजेता अजय तामाङलाई १ लाख र बोसियामा रजत ल्याउने महिमा कोइरालालाई ५० हजार रुपैयाँले सम्मान गरिएको हो । पाकिस्तानमा सम्पन्न नेत्रहिन महिला क्रिकेटका विजेता टोलीका १५ खेलाडीलाई जनही ५० तथा ७ जना अफिसीयललाई जनही २५ हजार प्रदान गरियो ।

यस्तै महिला साफ च्याम्पियनयिसपको उपविजेता नेपाली महिला टोलीका २० सदस्यलाई जनही ३२ हजार ५ सय तथा प्रशिक्षक हरि खड्कालाई १६ हजार २ सय ५० रुपैयाँले सम्मान गरिएको थियो । सोही अवसरमा कान्तिपुर टेलिभिजनका पत्रकार प्रदिप लेखी र राजधानी दैनिकका रामसुदन तिमल्सिना समान ५० हजार रुपैयाँले सम्मानित गरिएको थियो ।(क्ष्रोत :- कान्तिपुर)
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu