अभियान न्युज ड्टकम,,
नेपालगन्ज:= भर्खरै आदिवासी चलचित्र विकास बोर्डबाट स्विकृति (मान्यता) पाएको थारु कथानक चलचित्र नं. १ थारुगिरीको निर्देशन केशव चालिसेले गर्ने भएका छन ।
बर्दिया जयनगर पथलैया जन्मथलो भएका निर्देशक केशब सानै उमेर देखि कलाकारिता पेशामा रुची राख्ने गरेको बताए । कलाकारितालाई माया गर्दै गर्दा केशवले थारु चलचित्र थारुगिरीको निर्देशन गर्ने मौका समेत पाएको बताए । सानै उमेरदेखि विद्यालय तहबाटै नाटक, नृत्य, संगित, गायन लगायत विभिन्न कला सम्बन्धि प्रतियोगितामा भाग लिने र उत्कृष्ट पनि हुने गरेको निर्देशक केशवले बताए । कलाकारिता पेशालाई छोडन सकेन उनले भने । घरको स्थिति देखेर केही गरौ भन्ने सोचका साथ विदेश पनि गए विदेशमा पनि कलाकारिता पेशालाई माया गरिरहे र विदेशमै नेपालकै पहिलो थारु म्युजिक भिडियो सुटिङ गर्न सफल भए उनले भने ।
केशव निर्देशक मात्र नभई मोडलिङ समेत गरेका छन । विदेशमै बसेर थारु भाषाको गित सान मारे सान मारे भन्ने बोलको गित छायाङकन गरे उनले भने । जसमा केशव आफैले मोडलिङग र डाइरेक्सन गरेका छन । केशव अहिले थारुमाथी भएको विभेद बिरुद्ध पहिलो पटक थारु फिल्म थारुगिरी मार्फत निर्देशनको भुमिका खेल्ने पक्का भएको । थारुगिरी फिल्मको छायाङकन पनि स्वदेश तथा विदेशमा गरिने भएको उनले जानकारी दिए । थारुगिरी फिल्ममा संदिप विसी र सुनिता दहितको मुख्य भुमिका रहेको थारुगिरीका लेखक तथा गायक विश्व सागर परियारले बताए । रुद्राक्ष फिल्म प्रा.लि.को व्यानरमा बन्न लागेको थारुगिरी आरकेसी डिजिटल स्टुडियो पिपरी, कोहलपुरको निर्माण रहेको थारुगिरीमा श्री श्रेष्ठले द्वन्द्व निर्देशन रहने छ ।

