आदिवासी जनजाती महासंघ मलेसियाद्वारा लोकसेवा आयोगको बिज्ञापन खारेजीको जोडदार माग।

Monday, 22 July 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
क्वालालम्पुर (मलेसिया):= नेपाल आदिवासी जनजाति महासंघ राष्ट्रिय समन्वय समिती मलेशियाले लोकसेवा आयोग द्वारा प्रकाशित बिज्ञापन खारेजिको माग गरेको छ। नेपाल आदिवासी जनजाति महासंघ संघिय परिषदको नेतृत्वमा भइरहेको बिरोध आन्दोलन लाई समर्थन तथा ऐक्यबद्धता समेत जनाएको छ।

बिज्ञापन असमावेशी र गैर संबैधानिक प्रकाशन गरेको भन्दै साउन-६ गते महासंघका कार्यबाहक अध्यक्ष खेम मगर र महासचिव सबिन लोप्चन द्वारा हस्ताक्षरित जारी बिज्ञप्तिमा  लोकसेवा आयोगले मुलुकको सर्बोच्च कानुनमै ब्यवस्था भएको आरक्षण लाई बेवास्ता गर्दै लत्याउदै समानुपातिक र समाबेशिताको विरुद्ध बिज्ञापन प्रकाशन गरेको उल्लेख छ।
(माथीको फोटोमा हेर्नुस् महासंघ मलेसियाको प्रेस बिज्ञप्ति)

लोकसेवाको बिबादास्पद बिज्ञापन बारे असन्तुष्ट र आपत्ति जनाउदै महासंघले घोर भर्त्सना समेत गरेको छ,भने आयोगले बिज्ञान परिमार्जन गरेर समाबेशी,समानुपातिक मापदण्ड अनुसार पुनः प्रकाशन गर्न आग्रह गरेको छ।केहिदिन अगाडि मात्रै आयोगले स्थानिय तहहरुमा स्थायी कर्मचारी पदपूर्तिको लागि ९ हजार १ सय ६१ कोटाको लागि बिज्ञापन प्रकाशित गरेको थियो भने हाल सम्म पनि महासघ लगायत जातीय सस्थहरुले सङ्युक्त रुपमा मन्त्रालय धर्ना तथा बिरोध प्रदर्शन गरिरहेको छ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu