राम अवतार चौधरी,
कपिलवस्तु:= नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले सरकारले आफनो खाल्डो आफै खनिरहेको तर कांग्रेसले विरोध गर्न आवश्यक नरहेको थापाले बताउनु भएको छ । नेपाली कांग्रेस कपिलवस्तुले जिल्लाको शिवराज नगरपालिका–४ चनईमा आयोजना गरेको आम सभालाई संम्बोधन गर्दै नेता थापा भन्नु भयो “सरकारले आफैले खनेको खाल्डोमा आफै पुरिन लागेको सरकारलाई राम राम वाहेक अरु केहि भन्न सक्दिैँन्”।
कांग्रेसले प्रतिपक्षमा बसेर सरकारले गरेको उल्लेखनिय कार्यलाई सहकार्य गर्न तत्पर रहे पनि सरकारले नागरिकको पक्षमा काम गर्न नसकेको बताउँदै निर्मला हत्या काण्ड जस्ता घटना टह लगाउन आफूहरु तयार रहेको तर सरकारले अनेकौँ बहानाबाजी गरिरहेको उहाँले आरोप लगाउनुभयो ।
विकास निर्माण र विभिन्न कानुन निर्माण गर्ने प्रक्रियामा सरकारलाई सुझाव सल्लाह सहितको सहयोग गर्न प्रतिपक्ष तयार रहेपनि सरकाले प्रतिपक्षको सुझाव लिन नचाहेकाले त्यस्तो सरकारलाई सुझाव दिन्छु भन्दै आफुहरु अगाडी नबढने बताउनु भएको छ । नेता थापाले सरकार गठन भएको डेढ वर्ष सम्म पनि सरकारले जनताको पक्षमा आश्वासन दिए अनुसारको काम गर्न नसकेकाले नागरिकमा निरासा छाएको बताउनु भयो ।उहाँले सरकार प्रति नागरिक असन्तुष्ट छन् भनेर कांग्रेस खुशि हुनु भन्दा पनि नागरिकहरु लामो संघर्षबाट स्थापति गरेको व्यवस्था प्रति निरासा हुन्छन् की भन्ने चिन्ता गर्ने वेला आएको थापाले बताउनु भएको छ । सरकारले विभिन्न बाहानामा जनतालाई आन्दोलन गर्न वाध्य बनाएकोले नागरिकहरु असन्तुष्ट भएको उहाँको धारणा रहेको छ ।
मुलुकमा प्रत्येक वर्ष ५ लाख नंयाँ रोजगारीको अवसरहरु सिर्जना गर्नुपर्ने आवश्यकता रहेपनि सरकारले रोजगारको अवसरहरु निर्माण गर्न नसक्दा मुलुकवाट युवाहरु बाहिरीने क्रम नरोकिएको बताउनुभयो । स्वदेश तथा विदेशी लगानीकर्तालाई प्रोत्साहान गरी नंयाँ उधोग धन्दा स्थापना गरी रोजगारीका अवसरहरु सिर्जना गर्नुको विकल्प नभएको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले कांग्रेसले कसैलाई तोडने भन्दा पनि जोडने तर्फ अग्रसर हुनुपर्ने बताउनुभएको छ । स्थानीय तहका प्रतिनिधिले पनि जनताको अपेक्षा अनुसार काम गर्नुपर्ने बताउनु भएको हो ।
कार्यक्रमलाई कांग्रेस युवा नेता अजय थापा, जिल्ला सदस्य हुमाकान्त खनाल, जिल्ला सभापति सुरेन्द्रराज आर्चाय लगाएतले संवोधन गर्नूभएको थियो । र साथै विभिन्न पार्टी परित्याग गरी करिब १ हजार २ सय जना नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेसका जिल्ला सचिव प्रेमबहादुर रायमाझीले बताउनुभयो ।


