थरुहट थारुवान राष्ट्रिय सम्मेलन टीकापुरमा शुरु/दशौं हजार जनताको उपस्थिति ।

Saturday, 24 August 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
भगतराम थारु,,
टीकापुर:=टीकापुरका थारु तथा पहाडी समुदायबीचको तुस मेटी सदभाव कायम गर्ने उद्देश्यसाथ टीकापुरमा शनिबारदेखि तीन दिने थरुहट थारुवान राष्ट्रिय सम्मेलन शुरुभएको छ । टीकापुर बजारस्थित सिटी हलमा उदघाटन शुरुभएको कार्यस्थलमा हजारौंको सहभागिता छ।
कार्यक्रममा संघीय समाजवादी पार्टीका एक संयोजक डा. बाबुराम भट्टराई, माओवादी पार्टी क्रान्तिकारीका अध्यक्ष मोहन बैद्य, राजपाका लक्ष्मणलाल कर्ण, लेखक खगेन्द्र संग्रौला, युग पाठक, पत्रकार किशोर नेपाल, राजपाका राजकुमार लेखी, नेता कुमार लिङ्देन, अधिवक्ता शंकर लिम्बु लगायतको सहभागिता छ ।






कार्यक्रममा कुनै नेतालाई प्रमुख अतिथि बनाइएको छैन । कार्यक्रममा बोल्दै डा. बाबुराम भट्टराईले थरुहट अधिकारका लागि थारुको एकता अनिवार्य रहेको बताउनुभयो । टीकापुरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । कार्यक्रममा छिर्र्दैगर्दा डा. भट्टराईलाई समेत चेकजाँच गर्दा उहाँले गुनासो गर्नुभयो । आफू देशको प्रधानमन्त्री भइसकेको मान्छेलाई सुरक्षाकर्मीले चेकजाँच गरेर लोकतन्त्रको धज्जि उडाएको उहाँले टिप्पणी गर्नुभयो ।
थरुहट मुद्दा र त्यसको समाधान, टीकापुर घटनापछि पक्राउ परेका राजबन्दीको रिहाई लगायतको विषयमा आइतबार छलफल हुने आयोजकले बताएको छ । सोमबार पत्रकार सम्मेलन गरी सम्मेलनको निर्णय सार्वजनिक गर्ने कार्यक्रमका संयोजक मिनराज चौधरीले बताउनुभयो । भेलामा करिब दश हजारको सहभागिता छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu