पश्चिम् थारु समुदायमा प्रचलित कमलरी प्रथामा आधारित चलचित्र ‘लावाजुनी’युट्युबमा(भिडियो सहित)

Friday, 29 May 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
कैलाली := पश्चिम नेपालको थारु समुदायमा प्रचलनमा रहेको कमलरी प्रथामा आधारित चलचित्र लावाजुनी अन्ततः बिहीबार युट्युबमा रिलिज ( सार्वजनिक ) भएको छ । 

सञ्चारकर्मी केएल पीडितले निर्माण÷निर्देशन गरेको यो चलचित्र उत्सर्ग नेपालको युटुब च्यानलबाट रिलिज गरिएको हो। २०७५ सालमा निर्माण भएको चलचित्र ‘लावाजुनी’ले बिगतमा थारु समुदायमा प्रचलित कमलरी प्रथाको शिकार भएका थारु बालिकाहरुको कथाव्यथा र मुक्तिको आकांक्षालाई मूल विषय बनाइएको लेखक,कलाकार तथा सञ्चारकर्मी छबिलाल कोपिलाले बताउनुभयो । 
चलचत्रिमा छबिलाल कोपिला, ज्वाला खतिवडा, अनिता महतारा, सुशीला चौधरी, वर्षा लम्साल, सुप्रिया देवकोटा, निश्मा वली लगायतको थुप्रै कलाकारहरुको अभिनय देख्न सकिन्छ। सन्तोष श्रेष्ठको संगीत रहेको यस चलचित्रमा कोमल वली, कुलानन्द गिरी, स्वीकृति डाँगी, कोमलसरी जिसी र यांशु श्रेष्ठको स्वर रहेको छ ।  

पहल निर्माणको ब्यानरमा निर्माण भएको लावाजुनीका कार्यकारी निर्माता गेहेन्द्र बस्नेत हुन् भने चलचित्रमा श्रीधरकुमार लम्साल, रिना बस्नेत, सम्झना जीएम, बसन्तराज भट्ट र शारदा बुढाथोकीको लगानी रहेको छ । कोरोना भाइरसलाई नियन्त्रण गर्न अन्य मुलुकमा जस्तै नेपालमा पनि लकडाउन जारी गरिएको कारण लामो समयसम्म हल बन्द रहने स्थिति आएपछि चलचित्रलाई युट्युबमा रिलिज गरिएको बताएका छ्न ।
तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुहोस : 
Share this article :
SHARE THIS POST IN YOUR CHOICE LOCATION
 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu