क्वालालम्पुर(मलेसिया):= स्थित एरिना स्टार होटेलमा तमु समाज मलेसियाको आयोजनामा तमु च्यु ल्होसार सांस्कृतिक कार्यक्रम २०७६ भब्यरुपमा सम्पन्न भएको छ।
तमु समाज मलेसियाका अध्यक्ष सुवास तमुको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि मलेसियाका नेपाली राजदुत उदयराज पाण्डे, बिशेष अतिथी वातावरण विद डा. हुम गुरुङ तथा मलेसियामा कृयाशिल एक दर्जन भन्दा बढि नेपाली संघ-संगठनका प्रतिनिधिहरु अतिथि रहेको थियो । कार्यक्रममा मलेसियाका विभिन्न ठाउबाट उल्लेखनीय सहभागीता रहेको थियो ।
शुभकामना मन्तब्यको क्रममा प्रमुख अतिथि रहेका राजदुत उदयराज पाण्डेले अब दुतावासले श्रम सम्झौता अरनुसार नेपालीहरुलाई सेवा सुविधा दिएको छ कि छैन भन्ने बिषयमा निग्रानी र सकृयता बढाउने साथै सम्झौता बिपरित रहेको कम्पनीलाई तुरुन्तै कार्वाही गरि ठिक पार्ने बाताए । यस कार्यमा संघसंस्थाहरुले सुचना दिएर सहयोग गर्न राजदुत पाण्डेले आग्रह गरे ।
यसै क्रममा विशेष अतिथि डा. हुम गुरुङले गुरुङहरुको उत्पति र बर्तमान सम्बन्धि अनुसन्धनबाट प्राप्त तथ्यको जानकारी गराएका थिए साथै नेपाल भ्रमण बर्ष
२०२० लाई सफल पार्न सबैले सबैक्षेत्रबाट भुमिका खेल्नु पर्ने बिषयमा जोड दिए ।
उक्त कार्यक्रममा खाजा घर रेस्टुरेन्ट, सोल्टी रेस्टुरेन्ट न्यु कास्की रेस्टुरेन्ट, अन्नपूर्ण मिनिमार्केट, गुरुङ्ग मिनिमार्केट र गोर्खा किचन जोहोर प्रायोजक रहेको थियो । कार्यक्रममा गुरुङ कलाकारहरुले संस्कृति झलकाउने नृत्य तथा गितको साथै अन्य कलाकारहरुले नेपाली संगितिक प्रस्तुतिले मनोरञ्जन दिएका थिए ।।