अर्पण मगर ,,
क्वालालम्पुर (मलेसिया):= नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले मलेसियाका लागि नवनियुक्त सहायक राजदूत (DCM) श्रीस मगर लाई स्वागत गर्ने भएको छ।
सेप्टेम्बर २९ तारिख क्वालालम्पुर को होटल प्यासिफिकमा महासंघको साधारण भेला संगै एक कार्यक्रमको आयोजना गरि वहाँ लाई स्वागत गर्न लागिएको हो।
दिउसो १२ बजेबाट सुरु हुने उक्त कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ केन्द्रीय समिति मलेसियाका वर्तमानमा कोषाध्यक्ष सन्तोष योञ्जनको विदाई साथै रित्त रहेको केही पदाधिकारीहरूको पदपूर्ति समेत हुने भएको छ।
छैटौं अधिवेशन पश्चात् निर्वाचित अध्यक्ष रविन राईको भिषाका समस्याको कारण नेपाल फर्किएपछि उपाध्यक्ष खेम मगरले कार्यवाहक अध्यक्षको रुपमा रहेर महासंघ चलाउदै हुनुहुन्थ्यो।
साधारण भेलाले विभिन्न रित्त रहेका पदाधिकारीहरूको पदपूर्ति गर्दै महासंघ अझ सशक्त बनाउने महासचिव सबिन लोप्चनले बताउनु भयो।
साथै महासंघको बिभन्न पदमा आसिन निष्कृय पदाधिकारीहरू सकृय हुन , यदी नभए महासंघ संग समन्वय गरि राजिनामा दिदै अन्य सकृय सदस्यलाई स्थान दिन समेत प्रवक्ता ईश्वर राईले आव्हान गर्नुभएको छ।