राम अवतार चौधरी,,
कपिलवस्तु:= कपिलवस्तुको चन्द्रौटामा लाग्दै आएको बुधबारे साप्ताहिक हाट बजार अनुगमन गरिएको छ । चाडपर्व नजिकिदैँ गर्दा शिवराज नगरपालिका–५ मा रहेको हाट बजारमा रहेका बिभिन्न पसलहरुको बुधबार अनुगमन गरिएको हो।
शिवराज नगरपालिकाको उप–प्रमुख शिवकुमारी थारुको अगुवाईमा अनुगमन गरिएको अनुगमन टोलीले जनाएको छ । पसलमा अनुगमन गर्दा केहि माप दण्ड विपरित पसलहरु राखेको भेटिएका छन्।
बिभिन्न् पसलमा व्यवस्थित र सरसफाई नगरि सञ्चालन गरेको पाईएको छ । त्यसैगरी किराना पसलहरुमा म्याद सकिएका सामान बिक्ती वितरण गर्ने गरेको भेटिएका छन् ।
बुधबार देखि सम्पूर्ण पसल बदशाला ,माछा पसल, नास्ता पसलमा सरसफाई र जाली लगाएर व्यवस्थित रुपमा पसल गर्ने आग्रह गरिएको छ । यदि नगरेको पाइएमा कार्वाही समेत गर्ने अनुगमन टोलीकी संयोजक शिव कुमारी थारुले बताईन् ।
उक्त अनुगमनमा ईलाका प्रशासन कार्यालयका नासु मोति प्रसाद पोख्रेल, वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख मोतिराम तामाङ ,उघोग वाणिज्य संघका वरिष्ठ उपा–अध्यक्ष ईश्वरी प्रसाद पाण्डे ,व्यापार संघका अध्यक्ष महादेव प्रोखेल , बजार निर्माण उपभोक्त भरत पोख्रेल, शिवराज नगरपालिका स्वास्थ्य शाखा ,प्रमोद ज्ञवाली, शिवराज नगरपालिका शाखा अधिकृत प्रमोद खनाल, शिवराज नगरपालिका प्रशासिकिय अधिकृत हरि प्रसाद अर्याल शिवराज नगरपालिकाको उप–प्रमुख शिव कुमारी थारुको लगायतको नेतृत्वमा बजार अनुगमन गरिएको हो ।