हमार सनेश सहकर्मी ,
राम अवतार चौधरी,,
कपिलवस्तु:= ४४आँै सामाजिक सेवा दिवसको अवसरमा कपिलवस्तुमा ६० जना मोतिया विन्दुका विरामीहरुको निःशुल्क अपरेशन गरिएको छ । जिल्लाको बहादुरगंजमा रहेको छन्द काले बाबु नारायणी आँखा अस्पतालमा सोमबार दिवसको अवसरमा अपरेशन गरिएको हो ।
दिवसको अवसर पारि नेपाल नेत्रज्योति संघ आखाँ स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुगंजको आयोजनामा “सुखि र समृद्ध राष्ट्रिय सोच, समाज विकास हामो अठोट” भन्ने नारा सहित सामाजिक सेवा दिवस मनाइएको हो ।
दिवसको अवसरमा अस्पतालमा आएका ३ सय ४८ जना आखाँका विरामी मध्ये ६० जनाको निःशुल्क अपरेशन गरिएको अस्पतालका प्रशासकिय अधिकृत जसराज वि.क.ले बताए । सामान्यत मोतिया विन्दुको अपरेशन गर्दा प्रति विरामी ३ हजार २ अपरेशन चार्ज लाग्ने गरेको वि.क.ले जनाए ।
समाज सेवा नै सबै भन्दा अमूल्य धर्म रहेको कार्यक्रम अध्यक्ष तथा अस्पतालका निमित्त मेडिकल डाइरेक्टर सन्तोस सुवेदिले बताए । दिवसको अवसर पारेर मोतिया विन्दुका विरामीहरु निशुल्क अपरेशन गर्ने नेत्रज्योति संघ आखाँ स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुगंजलाई उनले धन्यवाद समेत व्यक्त गरे ।
आखाँ ज्योति गुमाएर अन्धकार जीवन विताइरहेका आखाँका विरामीहरुको ज्योति पुन फर्काएर पुण्य प्राप्ती समेत गरेको प्रमुख अतिथि नारायणी शाहले बताइन । अनधकार बनेको जीवनलाई ज्योती प्रदान गर्नु नै सबै भन्दा ठूलो समाजसेवा भएको शाहले बताइन् ।
२००५ सालमा स्थापना भएको छन्द काले बाबु नारायणी आँखा अस्पतालमा दैनिक जसो आखाँका विरामीहरुको घुइचो लाग्ने गर्दछ । स्थापना काल देखि यस अस्पतालले ७ लाख ५६ हजार ९ सय ३९ जना आखाँका विरामीलाई सेवा प्रवाह गरिसकेको छ । यस्तै १ लाख ४ हजार ५ सय ७८ जना मोतिया विन्दुका विरामीहरुको अप्रेशन गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
दिवसको अवसरमा विरामीहरुलाई फुलफुल समेत वितरण गरिएको छ । निमित्त मेडिकल डाइरेक्टर डा. सन्तोष सुबेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख नारायणी शाह अन्य अतिथिहरुमा डा. ज्योति सापकोटा, जयन्तिका शाह,. नसरुल्लाह खान लगायत रहेका थिए । कार्यक्रम अस्पतालका प्रशासकिय अधिकृत जसराज वि.क.को संचालनमा सम्पन्न भएको थियो ।