आरएन चौधरी थारु ,,
कोल्हवी (बारा) := प्रदेश नम्बर दुई , बारा जिल्लामा अवस्थित बिश्व प्रसिद्ध धार्मिक स्थल गढीमाईको मेला मङ्सिर एक गते देखी सुरु हुँदैछ्न । यतिबेला मेलामा सहभागी हुन आउने भक्तालुहरुको चहलपहल दिनप्रतिदिन बढ्दै गैईरहेको देख्न सकिन्छ ।
सोही पञ्च बर्षिय गढिमाई मेलाको अवसर पारेर बारा जिल्लामै पहिलो पटक " सजनवा घुमाई दी गढीमाईके मेला " नामक म्युजिक भिडियोको छायांकन सम्पन्न गरि हमार म्युजिक बगियाको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
भिडियोमा बारा जिल्लाकै पहिलो थारु मोडल राजिव चौधरीको मनमोहक अभिनय देख्न पाईन्छ भने उनलाई चर्चित मोडल ममता चौधरीले साथ दिइएकी छिन् ।
रामदेव चौधरीको शब्द,संगीत रहेको उक्त गितमा रामदेव चौधरी र अनु चौधरीले स्वर दिएका छ्न भने भिडियोमा सावनको निर्देशन रहेको छ।उक्त भिडियोलाई बिकास गुरुङले छायांकन,गणेश चौधरीले ब्यवस्थापन,राधेश्याम चौधरीले श्रृङ्गार गरेका हुन भने विनिता पनुहर चौधरीले निर्माण गरेकी हुन ।
भिडियोमा खासमा श्रीमान,श्रीमती बिचको सम्बन्धलाई दर्साउनुको साथै पाँच बर्षमा एकचोटि लाग्ने गढीमाई मेला हेर्नको लागी लालायित श्रीमतीले आफ्ना श्रीमानलाई फकाउने गरेको देख्न सकिन्छ ।
भिडियोको छायांकन जिल्लाको विभिन्न रमणीय स्थलहरुमा गरिएको छ्न भने लोप हुँदै गैइरहेको थारु गाउँघरको संस्कार,संस्कृतिलाई विशेष रुपमा समेटिएको छ ।
तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुस् :-
तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुस् :-