मलेसियामा चासोक तङ्नाम साझ-२०७६ आयोजना हुने/रेश्मा पुन लगायतको कलाकार आउदै ।

Monday, 18 November 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
क्वालालम्पुर(मलेसिया):= लिम्बू समुदायहरुको महान पर्व चासोक तङ्नाम मलेशियामा पनि मनाइने भएको छ।किरात याक्थुङ चुम्लुङ मलेशियाले आयोजना गरेको उक्त समारोह लाई चासोक तङ्नाम साझ-२०७६ नाम दिएको हो।

क्वालालम्पुर स्थित एरिना होटेलमा डिसेम्बर-८ तारिक आयोजित कार्यक्रमका प्रमुख अथिती नेपाली राजदुतावासका राजदुत महामहिम उदयराज पाण्डे रहने कार्यक्रम तय गरिएको छ।सो समारोहमा मनोरञ्जनका निमित्त सागितिक कार्यक्रम समेत राखिएको छ।

उक्त कार्यक्रममा सहभागी हुन र दर्शक लाई मनोरञ्जन दिन लिम्बू भाषाको चर्चित गायिका गँगा फियाक,लिम्बू चलचित्र नायक तथा निर्देशक,सागर केरुङ्ग र चर्चित गायिका रेश्मा पुनमगरले प्रस्तुति दिने छन।भने कार्यक्रम साझ ६:०० बजे देखि औपचारिक रुपमा सुरु हुने छ।

चासोक तङ्नाम साझ-२०७६ लाई मण्डला रेस्टुरेन्ट क्वालालम्पुर,एभरेस्ट किचन क्वालालम्पुरले प्रायोजन गरेको छ।भने सहयोगी संस्था नेपाल मगर संघ मलेशिया र मिडिया पार्ट्नर नेपाल आदिवासी जनजाति पत्रकार महासंघ,मलेशिया रहेको छ।

बिस्वभरी छरिएर रहेका लिम्बुहरुको साझा संगठन किरात याक्थुङ चुम्लुङले बर्सेनि यो पर्बलाई मनाउदै आइरहेको छ।बिशेषगरि यो पर्व सामुदायिक सदभाब कायम गर्ने र साँस्कृतिक प्रवर्द्धन गर्ने मान्यताले मनाउने प्रचलन रहिआएको छ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu