काठमाडौं := नेपाली हिन्दु धर्मावलम्बीहरुको चाडपर्व दशै,तिहार,छ्ठ सकिएको छ। भने यतिबेला तिहारमा जस्तै आदिवासी भुमिपुत्र थारु समुदायका दिदीबहिनीले दाजुभाइको दीर्घायूको कामना गर्दै समाचकेवा पर्व थारु समुदायको बसोबास रहेको गाउँ-गाउँ,शहरहरुमा मनाइरहेका छन्।
यो पर्वमा बाँसको नाङ्लोमा काँचो माटोबाट विभन्न आकारका मूर्ति बनाउने गर्छ । जसमा समाचकेवा, चुगिला, बिरदाबनी, मौहौतिया/मालिन, कुत्ता, नाह खैबैया,तितिर (समाको साथी), नटुवा, न्याक्दी भलाजी, ढोलकिया/झाइल बजिया र भमरा राखेर समाचकेवा खेल्ने गरिन्छ ।
कात्तिक शुक्ल द्वितीया तिथिदेखि सुरु हुने यो पर्व कात्तिक पूर्णिमाको मध्यरातिसम्म थारु समुदायका दिदीबहिनी प्रत्येक साँझ आफ्नो टोलमा समाचकेवा गीत, भजनकीर्तन गर्दै होर्षोल्लास सहित मनाउँछन्। दिदीबहिनी र दाजुभाइबीच प्रेमको प्रतीकका यो पर्वका क्रममा संघीय राजधानी काठमाडौंमा बसोबास गरिरहेका थारु दिदीबहिनीले बुधबार माइतीघरमा समा-चकेवा खेलेका छन्।
थारु महिला समाजकी अध्यक्ष गीता चौधरीका अनुसार काठमाडौंमा थारु महिला समाजले २० वर्षदेखि कुपण्डोल, बल्खु र टीकाथलीमा सामाचकेवा खेल्दै आईरहेका छ्न ।
त्यसै गरि यता तराईको जििल्लाहरु बारा ,पर्सा रौतहट,सर्लाही,सिरहा,सुनसरी,मोरङ लगायतको जिल्लामा समेत धुमधामले सामाचकेवा पर्व मनाउदै गरेका छ्न ।
कतै कतै नाचगानको ब्यवस्थापन समेत गरिएको पाइन्छ।