क्यान्सर बाट ग्रसित दिपालाई उपचार गर्न आर्थिक अभाव/सहयोगको याचना ।

Thursday, 7 November 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश ड्टकम,
आरएन चौधरी थारु,,
बाँके := कोहलपुर नगरपालिका वडा नम्बर ११ मा स्थायी बसोबास गर्ने क्यान्सर पीडित दिपा रावत यति बेला आर्थिक अभावले थप उपचार गर्न कठिनाई भएर मृत्युको पर्खाइमा छट्पटाई रहेको छ।

घुडाको क्यान्सर,फोक्सोको क्यान्सर,दिमागको क्यान्सर बाट ग्रसित दिपा रावत यति बेला नेपाल् क्यान्सर अस्पताल हरिसिद्धि काठमाडौमा उपचारार्थ हुनुहुन्छ ।

पीडितकी छोरी रोशनी रावतले जानकारी गराए  अनुसार एक बर्ष अगाडी पाठेघरको क्यान्सर बाट ग्रसित आमालाई लगभग १५ लाख बराबर खर्च गरेर उपचार गराएका थियौ तर अहिले पुनः अच्चानक शरीरको विभिन्न भागमा क्यान्सर सरेको फेला परेको कारण आमा चाहिँ मृत्यु संग लडिराख्नु भएको छ , थप उपचार गर्न आर्थिक अभाव भैइरहेकोले देश बिदेशमा रहनु भएका सहयोगी दाताहरु समक्ष आर्थिक सहयोगको निम्ति याचना गर्द्छु रोशनीले अनुरोध गरिन ।

ड्क्टरको भनाई अनुसार दिपाको उपचारमा अझै लगभग तिस लाख बराबरको रकम खर्च हुने सम्भावना रहेको बताए ।
यता पीडितले कोहलपुर नगरपालिकामा समेत आर्थिक सहयोगको याचना सहित निवेदन पेश गर्नु भएको छ ।

पीडितकि छोरीले भने अनुसार क्यान्सर बाट ग्रसित आमाको बारे बुझ्न र आर्थिक सहयोग गर्नको लागी मोबाईल नम्बर ९८४८०२६४४० मा सम्पर्क गर्न सक्नु हुनेछ , साथै तल दिइएको निम्न बैंक खातामा सहयोग रकम जम्मा गर्न सक्नु हुनेछ । 
Name : Roshani Rawat: 
Nmb bank : 0970078419300016  
bank of Kathmandu :  041500000582524 
Prabhu bank :  00701600105143000001


Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu