थारु माथी अपशब्द बोल्ने डिएसपी शाहीलाई थाकसद्वारा बिभागिय कारवाहीको माग ।

Wednesday, 6 November 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश ड्टकम,,
नेपालगन्ज ( बाँके ):= कोहलपुर ईलाका प्रहरी कार्यालय बाँकेका डिएसपी हेम बहादुर शाही यति बेला बिबादास्पद आपतिजनक शब्द प्रयोग गरेर चर्चामा छ्न ।

डिएसपी शाहीले एक घटनाको छानबिनको क्रममा एक प्रहरीलाई एकदमै निच शब्द 
" मा...ने ,साले थारु " भन्ने शब्द प्रयोग गरि नेपालका आदिवासी भुमीपुत्र सिङ्गो थारु जातीलाईनै अङ्कित गर्दै गाली गरेको प्रती थारु कल्याणकारीणि सभा जिल्ला शाखा बाकेको ध्यानाकर्षण भएको भन्दै सभाले मंगलबार एक प्रेस बिज्ञप्ति जारी गरि डिएसपीलाई बिभागीय कारवाहीको जोडदार माग गरेको छ । 
डीएसपी शाहीले तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कासँग पार्टी खानको लागी खसी,बोका मागेको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका थिए ।
प्रहरीले नमस्ते रिसोर्टको पूर्वतर्फ पार्किङ गरिरहेको बा १८ च ४२११ नंको मारुती सुजुकी कारको बायाँ तर्फको सिटमा फल्स बटम बनाई लुकाईछिपाई राखेको अवस्थामा अटोमेटिक पेस्तोल एक थान र दुई राउन्ड गोली लोड गरिराखेको म्यागेजिनसहित उनीहरुलाई नियन्त्रणमा लिइएको दाबी गरेको थियो।

प्रहरीले लोड भएको पेस्तोल सहित पक्राउ परेको भनिए पनि भिडियोमा प्रहरी नायब उपरिक्षक शाहीले आफै गोली लोड गरिरहेको प्रष्ट देख्न सकिन्छ ।

प्रदेश नम्वर ५ का प्रहरी प्रमुख डीआइजी शुरेस विक्रम शाहले समिति बनाएको बताए । 
शाहले भने, 'अनुसन्धानमा डीएसपी शाही दोषी हो भनेर पाइए उसमाथि कार्वाही हुन्छ।'
प्रहरीको आचरण र व्यवहारको विषयमा सार्वजनिक तथ्यहरुले प्रहरीको गरिमामा असर हुनसक्ने ठानेर प्रहरी प्रधान कार्यालयले पनि एसएसपी उमेश जोशीको नेतृत्वमा अर्को समिति गठन गर्ने तयारी गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाए ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu