रामधुनी ४ इक्राहीको ग्रामथान संरक्षणकालागी लाहुर्निपको रणनितिक योजना...... ग्रामथानमाथि लगाएको झुठामुद्धाबिरुद्ध लाहुर्निपले थप सहयोग गर्ने तयारी
सुनिल चौधरी ,,
झुम्का:=थारु समुदायको संस्कारमा रहेको ग्रामथान पछिल्लो अवस्थामा संकटमा पर्दै गएको छ । ब्यक्तिगत स्वार्थकालागी ऐलानि जग्गामा रहेको ग्रामथानमाथि भु–माफियाकोे प्रहारले संकटमा पर्दै गएको हो ।
संकटमा परेको ग्रामथानलाई संरक्षणकालागी लाहुर्निपले सकृयता देखाएको छ । ऐन,कानुन अनुसारले पनि संरक्षण गर्न सकिन्छ भन्ने सचेतनाकालागी आदिवासि जनजाति वकिलहरुको छाता संगठन लाहुर्निपले सकृयता देखाएका छन् । यसै क्रम्मा रामधुनी वडा नं. ४ स्थित रहेको ईक्राही ग्रामथानलाई बिस्थापित हुनबाट जोगाउन बिहिवार झुम्कामा भुमिमाथि आदिवासि अधिकार र अन्तराष्ट्रिय कानुन सम्बन्धि अन्तकृयात्मक सचेतना कार्यक्रम गरेको छ ।
कार्यक्रममा ग्रामथान संरक्षण कर्ताहरुमाथि मुद्धा रिट दिएर ग्रामथाननै बिस्थापित गर्न लाग्दा सोहि अनुसारको कानुनि उपचार गर्दै संरक्षण गर्न रणनिति तयार गरेको हो । स्थानिय तहको ऐन २०७४ मा रहेको संरक्षणकारी भुमिका र संबिधानले दिएको अधिकार प्रष्ट्याउदै तयार गरेको हो । मानव अधिकार आयोग क्षेत्रिय कार्यालयमा निवेदन दिने,आन्दोलन गर्नु परे बिशेषगरी महिलालाई शसक्त बनाउने लगायतको रणनिति तयार गरेका हुन् । मानव अधिकार आयोगमा निवेदनकालागी सुक्रवार पेश गर्ने तयारी गरेको छ भने मुद्धा आफनो पक्षमा पार्न लाहुर्निपले थप सहयोग गर्ने छ ।
अन्तकृयात्मक सचेतना कार्यक्रममा ग्रामथान संरक्षण अभियान कर्ता तेजनारायण चौधरी,ईक्राही ग्रामथान संरक्षण समिति अध्यक्ष भुटाई चौधरी,अधिवक्ता तथा थारु कानुन ब्यवसायी सभा केन्द्रिय अध्यक्ष रामराज चौधरी,पत्रकार धिरेन्द्र चौधरीले ग्रामथानको समस्याबारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । उनीहरुले प्रस्तुत गरेको प्रतिवेदनमा थारु ग्रामथान संकटमा परेको अवस्था र परिस्थिति बताउदै थारुको पहिचान मेटाउन गम्भिर अवस्था सिर्जना भईरहेको जानकारी दिएका छन् । यस अवस्थामा सचेत रहन् पनि उनिहरुले समुदाय प्रति शन्देस दिएका छन् ।
ईक्राही ग्रामथानमा काुननि उपचारकालागी बल पुग्ने उधेस्यले राखिएको कार्यक्रममा अधिकारकालागी संघर्षशिल थारु अगुवाहरुको उपस्थिती रहेको थियो । त्यसैगरी बराक्षेत्रबाट पनि आदिवासीहरुको उपस्थिती सहित ४० जनाको सहभागी रहेको थियो । ईक्राहीका ग्रामथान संरक्षण समितिका पदाधिकारीहरु,जागरुक महिला,थारु महिला सभा केन्द्रि सचिव सुसिला चौधरी,थारु महिला उत्थान समाजकी अध्यक्ष सिता थरुनि,कोषाध्यक्ष आशा चौधरी,महेन्द्र नगर थाकस अध्यक्ष कालुराम चौधरी लगायतका क्रृयाशिल थारु पत्रकारहरुको सहभागीता रहेको थियो ।