कलाकारिता क्षेत्रलाई व्यापक बनाउँदै बहु प्रतिभाका धनी गणेश चौधरी

Sunday, 1 July 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

राम अवतार चाैधरी,,
रूपन्देही:=रुपन्देहीमा जन्मिएर विगत डेढ दशक देखि राजधानी काठमाडौंलाई आफ्नो कर्मथलो बनाई सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन गायक गणेश चाैधरी सफल भएका छन् । गायन तथा कलाकारितालाई व्यापक बनाउँदै गर्दा जटिल परिस्थितिलाई चिर्दै बहु प्रतिभाका धनी गायक चाैधरी सांगीतिक क्षेत्रमा सफल भएका हुन् ।

         करिब ८ बर्ष गायन प्रशिक्षण र ४ बर्ष जति गितार प्रशिक्षण लिएका बहु प्रतिभाशाली उनै गायक, सङ्गीत सम्योजक एवं  रेकर्डिस्ट चौधरी अहिलेको थारु युवा पुस्ताका एकदमै चर्चित गायक, सङ्गितकार एवं एरेन्जर पनि भएका छ्न् ।बहु प्रतिभाका धनी गायक चाैधरीकै कारण थारु गायक गायिका लगायत नव प्रतिभाहरूमा उर्जा पैदा भएकाे छ । लगभग एक दशक देखि काठमाडौँको ड्रीम्स रेकर्डिङ स्टुडियोमा रेकर्डिस्ट्का रुपमा कार्यरत रहँदै आएका चौधरी अहिले सम्म करिब २ सय जति गीतहरूमा एरेन्जिङ्ग र करिब ५ दर्जन जति गीतहरुमा सङ्गीत भरि सकेका छन् । गायक चौधरीले गाएका गितहरु मध्ये "ठुमक-ठुमक के नाचल गाेरी", "बिट मारले" भन्ने बोलको गीतहरु हिट नभएका भने हाेइनन् ।

          साथै नव युवा पुस्तालाई मध्यनजर गर्दै नयाँ-नयाँ खालकाे गीत संगीत संयाेजनसँगै श्राेताहरूकाे मन जित्दै कमलादीस्थित ड्रिम्स रेकर्डिङ स्टुडियोमा अहिले सबैभन्दा बढी थारु गीतहरू रेकर्ड हुनुका साथ-साथै गायक चाैधरीलाई गीत एरेन्जिङकाे कार्य भ्याइ नभ्याइ अवस्था रहेकाे चर्चित राष्ट्रिय गायक श्रीनिवास चाैधरीले बताउनुभयो ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu