रंगशाला निर्माण सहयोगार्थ मलेसियाको म्याकफुड कम्पनीमा कार्यरत नेपालीहरुले डेढलाख बढी रकम गरे सहयोग।

Wednesday, 5 February 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

क्वालालम्पुर (मलेसिया):= मलेसियाको म्याकफुड सर्भिस एसडिएन,बिएचडी (macfood services sdn bhd) कम्पनीमा कार्यरत नेपाली श्रमिक कामदारहरुले धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ आर्थिक सहयोग प्रदान गरेको छ।

म्याकफुड कम्पनीमा कार्यरत कामदार सैलेश क्ष्रेष्ठ,मेघ तामाङ लगायतको सक्रियतामा रंगशाला निर्माणमा थोरै भएपनि सहयोग पुगोस् भन्ने हेतुले कम्पनी भित्र विभिन्न बिभाग, डिपार्टमा कार्यरत कामदारहरुले आफुखुसि सकेको आर्थिक रकम सहयोग गरेको सोही कम्पनीमा कार्यरत सहकर्मी कृष्ण गुप्ताले जानकारी दिनुभयो।
करिब ७ सय जना नेपाली कार्यरत सो कम्पनीको कामदारहरुले मलेसियन रिङ्गिट ५ हजार ९ सय ४३ आरएम , नेपाली रकम रु . १ लाख ६३ हजार ९ सय बतिस रुपैया सहयोग सङ्कलन गरि रंगशाला निर्माण अभियान्ता कुञ्जना घिमिरे (सुन्तली) को नाममा बैंक बाट ट्रान्सफर गरि सहयोग गरेको सहकर्मी गुप्ताले बताए।
अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागी अझैपनि देशबिदेशबाट सहयोग आउने क्रम जारीरहेको छ , भने यतिबेला रंगशाला निर्माणमा सहयोगार्थ महायज्ञ आयोजना गर्नुको साथै केही दिन अगाडी मात्रै युट्युबमा ट्रेलर सार्वजनिक गरिएका "सेन्टी भाईरस"नामक नेपाली फिल्म लगायत निर्माण गरि देश , बिदेशमा प्रदर्शन गर्ने तयारी गरिरहेको छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu