अष्ट्रेलियाको सिडनीमा थारु माघ पर्व भब्य मनाउने तयारी।

Monday, 6 January 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
                 हमार सनेेेश/आरएन चौधरी थारु  
अष्ट्रेलिया := थारू समुदायको माघ (माघी) पर्व अष्ट्रेलियाको सिड्नी भन्ने ठाउँमा पुनः यो बर्ष विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरी मनाइने भएको छ। 

जनवरी १५ तारिख बुधवार को दिन (माघ १ गते ) थारू सोसाईटी सिडनी अस्ट्रेलियाको आयोजनामा माघी पर्व हर्षोल्लासका साथ मनाउने तयारी भईरहेको सोसाईटीका पब्लिक अफिसर अरुण आर्यन चौधरीले जानकारी गराउनु भयो ।
न्यु साउथ वेल्सको टेम्पेपार्कमा जनवरी १५  मा हुन गइरहेको माघी पर्वमा थारू संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम र थारू परिकारहरु समेत राखिने चौधरीले बताए ।

साथै यो माघी संगै थारु संम्बत २६४३ औं नयाँ बर्षको सुरुवाती अवसरमा उपस्थित थारु,नेपाली बिच शुभकामना आदानप्रदान समेत गरिने बताउनु भयो।
गत बर्ष पनि संस्थाका अध्यक्ष दीपनारायण चौधरीको अध्यक्षतामा आयोजित ऐतिहासिक पहिलो माघी मेला भब्यताका साथ सफल पारिएको थियो ।
थारू समुदायका विभिन्न धार्मिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक मूल्य मान्यताहरू जोडिएको माघी पर्वको महत्त्वलाई विदेशी भूमिमा पनि दर्साउने हेतुले अस्ट्रेलियामा पनि माघी महोत्सव मनाउन लागिएको साथै कार्यक्रममा अष्ट्रेलियामा विभिन्न राज्यमा छरिएर रहेका थारु समुदाय पनि उपस्थित हुन सक्ने पब्लिक अफिसर चौधरीले बताउनु भयो ।
पौष महिनाको अन्तिम दिन र माघ महिनाको पहिलो दिनलाई विशेष गरी मनाइने यो पर्व नेपालका थारू समुदायको प्रमुख महान राष्ट्रिय पर्व हो ।

२४ औं विश्व आदिवासी दिबसको अवसर पारेर ९ अगस्ट ,२०१८ मा दीपनारायण चौधरीको अध्यक्षतामा थारू सोसाईटी सिडनी अष्ट्रेलिया गठन भएको थियो ।
सोसाइटीले समाजिक काम संगसंगै बेलाबेला थारु समुदायको पहिचान झल्किने साँस्कृतिक कार्यक्रम आयोजना गर्दैआईरहेको छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu